Comments Add Comment

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

२८ साउन, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएको छ ।

मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी दिएको हो ।

चोकर र दानामा ३० प्रतिशतसम्म मूल्यवृद्धि भए पनि दूधको मूल्य वृद्धि नहुँदा पलायन हुने अवस्था आएको समाजका अध्यक्ष सूर्य भुसालले बताए ।  माडीका किसानहरुले दैनिक ३ हजार ५ सय लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

माडी नगरपालिकाले किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएकोमा यसलाई बढाएर ५ रुपैया पु¥याउनुपर्ने अध्यक्ष भुसालले माग गरे ।

माडीमा रहेको पशुपक्षी शाखामा चिकित्सकको दरबन्दी सिर्जना गरी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने उनले बताए । माडी नगरपालिका १ र २ तथा ८ र ९ का लागि थप २ सेवा केन्द्रसमेत स्थापनाका लागि माडी नगरपालिकाले पहल गर्नुपर्ने उनले बताए । ९ जना दरवन्दी रहेको माडीको पशुपक्षी शाखामा हाल ३ जना कर्मचारी मात्रै कार्यरत छन् ।

समाजका सचिव गंगादत्त वस्ताकोटीले माडी नगरपालिकाले किसानलाई वितरण गरेको अनुदानको सदुपयोगबारे अनुगमन गर्नुपर्ने बताए ।

बस्ताकोटीले भने, ‘किसानमैत्री कार्यक्रम अन्र्तगत ४ प्रतिशत सहुलियत ब्याज अनुदान कार्यक्रममा १२ करोड रुपैयाँ साना किसान महिला सहकारी मार्फत वितरण गरिएको छ । ३ सय २४ जना कृषकले पाएको अनुदान रकम सही ठाउँमा सदुपयोग भए नभएको तथ्याङ्क निकाल्नुपर्छ ।’

माडी नगरपालिका–२ मा सबैभन्दा दूध उत्पादन हुने वडा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment