Comments Add Comment

एक महिलासहित ६ जनाको शव भेटियो

२८ साउन, काठमाडौं । मुलुकको विभिन्न स्थानमा एक युवतीसहित ६ जनाको शव फेला परेका छन् ।

ललितपुर, नवलपरासी, गोरखा, झापा र सोलुखुम्बुमा गरी ६ जनाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–९ स्थित गुह्येपोखरीमा उदयपुरको कटारी घर भई बालकुमारी बस्दै आएका ३३ वर्षीय हरि खड्का मृत फेला परेका हुन् ।

यस्तै ललितपुर महानगरपालिका–२५ नख्खुस्थित नख्खुखोला किनारमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल स्थित ३२ नम्बर ढोकामा परिचय खुल्न नसकेकी अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको छ ।

यस्तै गोरखाको गोरखा नगरपालिका–१० टक्सार घर भएका ५० वर्षीय श्यामहरि घिमिरे घरनजिकैको झाडीमा मृत फेला परेका छन् ।

यस्तै झापाको विर्तामोड नगरपालिका–७ का ४८ वर्षीय शशी शिवाकोटी पनि मृत फेला परेको प्रहरीले जनाएको छ । शिवाकोटी विर्तामोड नगरपालिका–४ स्थित द्वारिका होटलमा काम गर्ने मजदुर थिए ।

यस्तै सोलुखुम्बुको माप्ये दुधकोसी गाउँपालिका–७ शिवुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका–१ का २० वर्षीय शुक्रकुमार राई मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment