Comments Add Comment

यो हो दुनियाकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुन सक्छ । फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो । आम रुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला । तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा पाउनुभयो भने तपाईं हैरान हुनुहुनेछ ।

दुनियाको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ । उक्त एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स अर्थात् टुक्रा हुन्छन् । अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ ।

यो महंगो आलु चिप्सलाई स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो । सामान्य जस्तो देखिने यो चिप्समा आखिर के छ र यसको मूल्य त्यतिधेरै छ ?

वास्तवमा यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि त्यो कुनै आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ ।

यो चिप्समा बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ । साथै चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि हुन्छ, ता कि सक्कली वा नक्कली पहिचान गर्न सकियोस् ।

विशेष खालको यो आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार यसमा जुन सामग्रीको प्रयोग गरिएको छ, जुन निकै दुर्लभ छ । चिप्समा प्रयोग गरिएको प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment