Comments Add Comment

बरफको बाकसभित्र दुई घण्टा बसेर विश्व कीर्तिमान

के तपाईं कहिल्यै बरफले भरिएको बाकसमा बस्नुभएको छ ? सायद बरफको चिसो बाकसभित्र बस्ने कुराको कल्पना पनि गर्न नसकिएला ।

तर अष्ट्रियाका एकजना व्यक्ति भने २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन् ।

जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान बनाएका हुन् । बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र दुई घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

राजधानी भियनामा आयोजित एक कार्यक्रममा उनले यो कीर्तिमान कायम गरे ।

उनी बरफका टुक्राले लगभग भरिएको बाकसमा बसे र उनको काँधसम्मै बरफ भरियो । त्यसक्रममा उनले केवल स्वीमसूट मात्र लगाएका थिए ।

चिसो बरफमा केही समय पनि बिताउन गाह्रो हुन्छ । तर उनले दुई घण्टाभन्दा धेरै समय बिताए ।

यसअघि बरफको बाकसमा समय बिताउने कीर्तिमान चीनका जिन सोंगहाओको नाममा थियो । सन् २०१४ मा उनले ५३ मिनेट १० सेकेण्डसम्म बरफलको बाकसभित्र बसेर विश्व रेकर्ड बनाएका थिए । तर अष्ट्रियन जोसेफ कोएबर्लले उनको रेकर्ड भंग गरे ।

२ घण्टा भन्दा धेरै समय बरफको बाकसमा बसेर निस्किएसँगै डाक्टरहरुले उनको स्वास्थ्य परीक्षण गरे । आश्चर्यजनक रुपमा उनको सरीरमा चिसोले कुनै असर पारेको थिएन र उनी पूर्ण रुपमा स्वस्थ थिए ।

आफू अझै लामो समयसम्म बरफको बाकसमा बस्ने सक्ने भए पनि पूरानो रेकर्ड भंग भएको हुँदा आवश्यकता नपरेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment