Comments Add Comment

सुन्धाराको नारा : झिल्के टावर चाहिँदैन !

२९ साउन, काठमाडौं । धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । सुन्धारा मासेर ‘झल्के टावर’ बनाउन खोजेको भन्दै स्थानीयबासीले प्रदर्शन गरेका हुन् ।

अहिले निर्माण भइरहेको धरहरा ऐतिहासिक धरहरा नभएको भन्दै उनीहरुले पुनर्निर्माण रोक्न माग गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो ।

सुन्धारा क्षेत्रका स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने र धरहरालाई जस्ताको तस्तै छाडनुपर्ने माग गरेका छन्  । ।

सरकारले पुरानो भत्किएको धरहरालाई सीसाभित्र राख्ने गरी नयाँ २२ तले धरहरा स्वरुपकै स्तम्भ बनाउँदैछ ।

धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै उनीहरुले लामो समयदेखि विरोध गर्दै आएका छन् । पैदलमार्ग समेत नखुलाइएको कारण आफूहरु मारमा परेको स्थानीयको भनाइ छ ।

सम्पदा संरक्षणका अभियान्ता गणपतिलाल श्रेष्ठ स्थानीयको सांस्कृतिक मार्गलाई धरहरा निर्माण्को नामा मिच्ने र मास्ने काम भइरहेको बताउँछन् ।

उनले यसका विरुद्ध अदालतमा जाने तयारी भएको बताउँदै धरहराको नाममा टावर बनाएर स्थानीयको जात्रा चलाउने र मलामी जाने मार्ग मास्न नपाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment