Comments Add Comment

क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप हुने

२९, साउन काठमाडौं । प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ ।

हेल्पिङ क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेस र ललितपुर डिष्ट्रिक बडिविल्डिङ एण्ड फिटनेस एशोसिएसनको साझेदारीमा यो हुन लागेको हो । प्रतियोगिता आगामी भदौ १३ र १४ गते ललितपुरमा हुदैछ ।

नेपाल क्लासिक बडिविल्डिङ च्याम्पियनसिपमा सातै प्रदेशबाट करिब १५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्ने छन् । चौथोदेखि १० औं हुनेसम्मलाई नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment