Comments Add Comment

वृद्ध दम्पतीको हत्याका अभियुक्त सार्वजनिक

३१ साउन, बागलुङ । जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै मुद्दाका ३ अभियुक्तलाई शुक्रबार सार्वजनिक गरेको छ ।

ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । उनले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।

कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

अभियुक्त कामीको घरमा हत्या अगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख भट्टले बताए । ‘घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्यो’ प्रहरी प्रमुख भट्टले भने, ‘घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।’

यस्तै बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो । उनले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यस्तै लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ का १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत शुक्रबार सार्वजनिक गरिएको छ ।

छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment