Comments Add Comment

बालबच्चालाई धेरै सुकिलो मुकिलो राख्न पनि हुनसक्छ हानिकारक 

एक सानी बच्चा छिन्, जसलाई आमाबुवाले अति नै स्यहारसुसार गरेर हुर्काएका छन् । उनलाई जथाभावी खेल्न दिइदैन, छुन दिइदैन । धुलो, पानी, फोहोरको सम्पर्कमा आउन दिइदैन । अलिकति पनि फोहोर-मैला हुन दिइदैन । उनलाई हरक्षण सुकिलो मुकिलो राखिन्छ ।

उनको खानपानमा पनि आमाबुवा अति नै सर्तक छन् । ताजा र सफा खानेकुरा मात्र ख्वाइन्छ । अरुको हातबाट बनेको खानेकुरा खान दिइदैन । ठिक-ठिक समयमा सन्तुलित खानेकुरा दिइन्छ । एकछिन पनि भोको बस्नुपर्दैन । बजारमा उपलब्ध राम्रा भनिएका खानेकुरा ति बच्चालाई ख्वाइन्छ ।

उनलाई घरबाहिर एक्लै हिँड्न दिइदैन । फोहोर खेल्ने, हिलोमा छुने भयले अभिभावकले हातमा समाएर डोहोर्‍याउँछन् । उनी खेल्दा पनि सधै आमाबुवाको निगरानीमा हुन्छन् ।

ति बच्चालाई सानोतिनो समस्या हुनहुँदैन । रुघा लाग्यो, ज्वरो आयो, पखला लाग्यो, खोकी लाग्यो भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गरिन्छ ।

आमाबुवाको मनस्थिती

बुवाआमा आफ्ना छोराछोरीप्रति सचेत भएकै राम्रो हो । छोराछोरीको स्वास्थ्यप्रति चिन्तित भएकै राम्रो हो । अधिकांश आमाबुवालाई लाग्छ, आफ्ना छोराछोरीले दुःख झेल्न नपरोस् । कष्ट खेप्न नपरोस् । उनीहरु सधै सुख र आरममा बस्न पायोस् ।

आफ्ना बालबच्चालाई सकेसम्म सुख र सुविधा दिएर हुर्काउन चाहन्छन् आमाबुवाहरु । आफुले कष्ट खेपेर भएपनि, आफुले भोक सहेर भएपनि बालच्चालाई त्यस्ता कुनैपनि समस्याबाट मुक्त राख्न चाहन्छन् ।

छोराछोरी जन्माएपछि उनीहरुलाई कसरी हुर्काउने भन्ने कुरामा अभिभावकले सोच्नुपर्छ । कसरी हुर्काउने, कस्तो संस्कार दिने, कसरी शिक्षित तुल्याउने, कसरी सामाजिक जीवनमा घुलमिल गराउने भन्ने कुरामा उचित मार्गदर्शन दिनुपर्छ । हरेक आमाबुवा चाहन्छन्, मेरा बालबच्चा सधै सफल र खुसी होस् । सुखी होस् । त्यही कारण आमाबुवाले उनीहरुको लालनपालनमा सकेसम्म कुनै अभाव हुन दिदैनन् ।

के यो सही हो ?

बालबच्चाप्रति सचेत रहनु । उनीहरुको ख्याल गर्नु पक्कै गलत होइन । यद्यपि आमाबुवाले जान्नुपर्ने गाँठी कुरा चाहि के हो भने बालबच्चालाई सधै सुकिलो बनाएर मात्र हुँदैन । यसरी सुकिलो बनाउँदैमा उनीहरुलाई रोग नलाग्ने होइन । स्वस्थ्य र निरोगी हुने होइन ।

तपाईंले आफ्ना बालच्चालाई कहिल्यै फोहोर खेल्न नदिनुहोस् । कहिल्यै हिलो र माटोमा जान नदिनुहोस् । धुलोको सम्पर्कबाट टाढै राख्नुहोस् । चिसो खान नदिनुहोस् । अपच हुने खानेकुरा छुनै नदिनुहोस् । हरक्षण आफुसँगै डोहोर्‍याएर हिँड्नुहोस् । यद्यपि यति गर्दागर्दै पनि तपाईंको बच्चा पूर्ण स्वस्थ्य र तन्दुरुस्त हुन्छ भन्ने कुरामा सन्देह गर्न सकिन्छ ।

प्राकृतिक ढंगले हुर्कन दिनुहोस्

बालबच्चालाई सकेसम्म प्राकृतिक ढंगले हुर्काउनुपर्छ । उनीहरुलाई सधै आफ्नो निगरानीमा, आफैले स्यहारसुसार गरेर मात्र हुर्काउने प्रवृत्ति गलत हो । जब तपाईं बालबच्चालाई अति सुकिलो बनाएर हुर्काउन हुन्छ तब उनीहरुको शारीरिक विकासमा धेरै कुराले अवरोध पुग्छ । खासगरी उनीहरुको प्रतिरक्षा क्षमताको विकासमा त्यसले असर गर्छ ।

बालबालिकालाई खुला एवं उन्मुक्त ढंगले हुर्कन दिनुपर्छ । आमाबुवाले उनीहरुको ख्याल राख्नु ठिकै हो, तर अति निगरानी गर्नु उचित हुँदैन ।

कहिले काहीँ उनीहरु फोहोरमा खेल्न सक्छन्, धुलो माटोको सम्पर्कमा रहन सक्छन्, पानीमा भिज्न सक्छन् । यी सबै कुराले उनीहरु शारीरिक रुपमा अरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

किनभने तपाईंले बच्चालाई अति नै सरसफाई गर्न थाल्नुभयो, अति नै सुकिलो राख्न थाल्नुभयो भने उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । त्यही कारण उनीहरु सानोतिनो रोग सहनै नसक्ने हुन्छन् । सामान्य अवस्थामा पनि बिराम हुने, रोग लाग्ने समस्या हुनसक्छ ।

बालबच्चालाई उनीहरुकै ढंगले खेल्न दिँदा उनीहरु माटो खेल्छन्, पानीमा भिज्छन्, हिलोमा खेल्छन् । उनीहरु घरमै पनि फोहोर हुनसक्छन् । यसो गरिरहँदा उनीहरुको शरीरमा व्याक्टेरिया फैलन्छ । अतः सबै ब्याक्टेरिया हानिकारक हुँदैन । कतिपय ब्याक्टेरियाले उनीहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोगी भूमिका खेल्छ भने कतिपय आन्द्रमा भिटामिन बनाउनेदेखि खाना पचाउने क्रियासम्ममा सहयोग गर्छ ।

बाल्यकालदेखि नै यस्ता ब्याक्टेरियाको संम्पर्कमा रहन दिनु नै उचित हुने विज्ञहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment