Comments Add Comment

मुछेर फ्रिजमा राखेको पिठो सेवन गर्नुहुन्छ ?

अहिले धेरैको भान्सामा फ्रिज  छ । फ्रिज भएपछि खानेकुरा राख्न सहज भएको छ । यसले गर्दा खानेकुरा चाडै गल्ने, सड्ने समस्या हुँदैन । यद्यपि समस्या अर्कोतिर छ । हामी सजिलोका लागि एकै दुई/तीन छाकमा पुग्ने खानेकुरा एकै पटक तयार गर्छौं र बाँकी खानेकुरा फ्रिजमा राख्छौं । यही बानीले गर्दा हामीमा बासी खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।

यसैगरी कतिपय खानेकुरा तयारी अवस्थामा फ्रिजमा राख्ने गछौं । जस्तो कि, मुछेको पिठो । बिहान नै बेलुकाको लागि खाना पकाएर राख्ने, तरकारीहरु केलाएर राख्ने र पिठो मुसेर फ्रिजमा राख्ने गरिन्छ । त्यसरी अगाडि नै काम सक्दा आफैंलाई सजिलो हुनुका साथै समयको पनि वचत हुन्छ तर के यो त्यति नै स्वस्थकर पनि हुन्छ  त ? आज हामी कुरा गर्दैछौं मुसेको पिठो फ्रिजमा राख्नु कतिको स्वस्थकर हुन्छ भन्ने बारेमा ।

मुसेको पिठो बचाएर राख्दा त्यसमा आत्मा बस्छ भन्ने भनाई बुढाबुढीको रहेको छ । यो भनाईमा कुनै वैज्ञानिक सत्यता त छैन तर सत प्रतिशत सही पनि । मुसेको पिठो फ्रिजमा राख्दा स्वस्थलाई अति नै हानी पुर्‍याउँछ । फ्रिजमा मुसेर राखेको पिठोबाट बनेको रोटी अथवा कुनै पनि प्रकारको खानाले पेट सम्बन्धि समस्या उत्पन्न हुन्छ ।

यदि तपाईंको पनि समय बचाउनका लागि पिठो मुसेर फ्रिजमा राख्ने बानी छ भने आजबाट नै त्यो बानी त्याग्नुहोस् । फ्रिजमा राखिएको मुसेको पिठोबाट बनेको रोटीले तपाई र तपाई परिवारको लागि हानीकारक हुन्छ ।

मुसेको पिठोले पेट स्वस्थकर हुदैन

मुसेको पिठोमा बासी हुने प्रक्रिया छिट्टो शुरु हुन्छ । त्यो पिठोमा धेरै प्रकारका ब्याक्टेरियाहरु उत्पन्न हुन्छ । जसका कारण हामीलाई धेरै प्रकारका रोगहरु लाग्न सक्छ । मुसेर राखेको पिठोबाट बनेको खानेकुराले पेट दुख्ने, कब्जियत हुने, पाचन प्रक्रिया कमजोर हुने जस्ता अनेक समस्याहरु उत्पन्न गराउँछ ।

स्वाद परिर्वतन हुनु

ताजा र बासी खानेकुराको स्वादमा धेरै अन्तर हुन्छ । त्यहि कुरा पिठोमा पनि लागु हुन्छ । फ्रिजमा राखेको बासी पिठोबाट बनेको रोटी भखर्रै मुसेको पिठोबाट बनेको रोटी जस्तो हुँदैन ।

ठुलाबडाको भनाई 

ठुलाबडाका भनाई अनुसार मुसेर राखेको पिठो एउटा पिण्ड बराबर हो, त्यसतर्फ  आत्माहरु आकषिर्त हुन्छन् । जुन घरमा सधैं पिठो मुसेर राखिन्छ, त्यहाँ धन र शान्तिको कमी हुन्छ । यद्यपि यी कुराहरुको कुनै वैज्ञानिक प्रमाण त छैन तर मुसेर राखेको पिठोले हाम्रो स्वस्थलाई नकारात्मक असर पुर्‍याउने चाहिं निश्चित नै छ । यदि हाम्रो स्वस्थ खराब भयो भने जँचाउनु पर्छ, जसको लागि पैसा खर्च हुन्छ र बिरामीको मन पनि शान्त रहँदैन ।

केही सुझाव

यदि तपाईको पिठो मुसेर राख्ने बानी छ भने यो बानीलाई आजबाट नै बदल्नुहोस् । आवश्यक छैन भने फ्रिजमा पिठो मुसेर नराख्नुहोस् । यदि फ्रिजमा राख्नु नै परेमा हावा नर्छिने बट्टामा राख्नुहोस् र सकेसम्म छिट्टो यसको प्रयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment