Comments Add Comment

काठमाडौंमा पण्डित हरिप्रसाद चौरसियाको प्रस्तुति

३१ साउन, काठमाडौं । चर्चित बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाले काठमाडौंमा सांगीतिक प्रस्तुति दिएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा बिहीबार नेपाल आर्मीको भद्रकालीस्थित अडिटोरियममा सांगीतिक प्रस्तुति दिएका हुन् ।

उनको प्रस्तुति सुन्न उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि सहभागी थिए । त्यस्तै उक्त सांगीतिक प्रस्तुतिमा राजनीतिज्ञ, कलाकार, संगीतकर्मी, साहित्यकार, विद्यार्थी र पत्रकार गरी ७ सय भन्दा बढी सहभागी थिए ।

कार्यक्रममा बाँसुरीवादक चौरसियालाई बाँसुरीवादक विवेक सोनार, दिव्योप्रिया रणदेव, तवलावादक अमृता उप्रेती र शुभंकर बनर्जीले साथ दिएका भारतीय दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment