Comments Add Comment

द भ्वाइस अफ नेपाल आजदेखि हिमालय टीभीमा

३१ साउन, काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण आजदेखि सुरु हुँदै छ ।
हरेक शुक्रबार र शनिवार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राती ८ बजे प्रसारण हुँदै छ ।
पहिलो श्रृङ्खलामा आज ६ जना प्रतिस्पर्धीको भाग्य परीक्षा हुँदै छ । ब्लाइन्ड अडिसनमा उनीहरुले आज कोचलाई आफ्नो आवाजले प्रभावित पार्नुपर्ने छ । आवाजले प्रभावित हुने कोचको कुर्सी घुमेस“गै प्रतिस्पर्धीको भाग्य पनि घुम्नेछ, अर्थात् भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी छनौट हुनेछन् ।
‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’
यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment