Comments Add Comment

पहिरो प्रभावितलाई राहत लिएर गुल्मी पुगे परराष्ट्रमन्त्री ज्ञवाली

३१ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पीडितहरुको लागि राहत लिएर तेस्रो पटक पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रभावित क्षेत्रमा पुगेका छन् ।

शुक्रबार मन्त्री ज्ञवालीसहित बिभिन्न संघसंस्थाका प्रमुखहरु अस्थायी आवासलाई आवश्यक पर्ने राहत सामाग्रीसहित पहिरो प्रभावित क्षेत्र पुगेका हुन् ।

विद्यालयमा बस्दै आएका पहिरो पीडितहरुको लागि आवश्यक १२० वटा सेट किचन किड (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० जना प्रभावितलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ ।

रोटरी क्लवमार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट, एक क्वीन्टल चिउरा, ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।

शुक्रवार ८२ जनालाई हस्तातरण गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीमार्फत अस्थायी आवासका लागि आवश्यक सामाग्रीहरु थप बाटोमै आउने क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

गत साउन ७ गते राति गएको पहिरोले ठूलो जनधनको क्षती गरेको थियो । पहिरोले ठूलो क्षती पुर्‍याएपछि यसअघि परराष्ट्रमन्त्री ज्ञवाली २ पटक हेलिकोप्टरमार्फत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment