Comments Add Comment

मलेसियन क्लबसँग खेल्ने नेपाली टीमको घोषणा : विराज, रोहित र किरण आउट

३१ साउन, काठमाडौं । मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । टिममा नियमित कप्तान विराज महर्जन, रोहित चन्द र गोलकिपर किरण चेम्जोङ छैनन् ।

किरण जापानको क्लबमा ट्रायल दिन गएका छन् । त्यस्तै, रोहित इन्डोनेसियामै छन् । कप्तान विराजभने पूर्णरुपमा ठीक नभएको हुँदा टिम बाहिर राखिएको हो ।
त्यस्तै, टिममा विमल घर्तिमगर र हेमन गुरुङले भने स्थान बनाएका छन् ।

नेपाली राष्ट्रिय टिमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो । नेपालले यहि अगष्ट २६ तारिखमा उसैको भूमिमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत रहेको छ । नेपाल र कुवेत विरुद्धको खेल यहि सेप्टेम्बर पाँच तारिखमा उसैको भूमिमा हुँदैछ ।

नेपाली टिम

गोलकिपरः विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, र रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

फरवार्डः विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment