Comments Add Comment

पारस खड्काले शक्ति गौचनको एकेडेमीमा क्रिकेट सिकाउने

३१ साउन, बुटवल । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले रुपन्देहीका विद्यार्थी र खेलाडीलाई क्रिकेट सिकाउने भएका छन् ।

आउँदो भदौ ७ गते रूपन्देहीको कोटिहवास्थित शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा विद्यार्थी र खेलाडीलाई खड्काले क्रिकेट सिकाउन लागेका हुन् ।

बुटवलस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले खड्कालाई रूपन्देहीमा ल्याएर यस क्षेत्रका क्रिकेट खेलाडीलाई सिकाउने व्यवस्था मिलाएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एक्सपर्टका निर्देशक रोशन कँडेलले यस क्षेत्रका क्रिकेट खेलाडीलाई कप्तान खड्काबाट सिक्ने व्यवस्था मिलाएको जानकारी दिए ।

पारसले उक्त एकेडेमीमा बलिङ र ब्याटिङ दुबै सिकाउनेछन् । प्रशिक्षणमा जुनसुकै कलेजका विद्यार्थी र खेलाडीले भाग लिन सक्नेछन । त्यसबापत शुल्क पनि लाग्ने छैन ।

प्रशिक्षणमा ५ सय भन्दा बढी खेलाडी विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ । पारसले भदौ चितवनमा, पोखरा, झापाको वितामोर्ड, नेपालगञ्ज र काठमाडौंमा पनि प्रशिक्षण गराउने व्यवस्था मिलाएको उक्त कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment