Comments Add Comment

एनआईसी एशिया बैंक लिमिटेड वित्तीय विवरण उत्साहजनक

३१ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण  सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वाषिर्क विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ ।

सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु. २ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वाषिर्क विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ ।

यस्ौगरी खुद मुनाफातर्फ वाषिर्क विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो ।

बैंकले यस आर्थिक वर्षमा वाषिर्क विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्‍याउन सफल भएको छ ।

जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वाषिर्क विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वाषिर्क विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्‍याउन सफल भएको छ ।

यसरी कर्जा प्रवाहमा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको छ भने निक्षेप संकलनतर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ ।

बैंकको वाषिर्क विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment