Comments Add Comment

‘कुछ कुछ होता हे’को रिमेकमा यी कलाकार चाहन्छन् करण

बलिउडका सफल निर्माता तथा निर्देशक करण जोहरले केही चलचित्र निर्देशन गरेपनि, उनका लागि चलचित्र ‘कुछ कुछ होत हे’ विशेष छ । यो चलचित्र आज पनि विश्वभरका दर्शकहरुमाझ लोकप्रिय छ । करण जोहर पनि यो चलचित्रको रिमेक बनोस् भन्ने चाहन्छन् ।

हालै मात्र, मेलवर्नमा आयोजना भएको ‘इन्डियन फिल्म फेस्टिभल’मा सहभागी भएका करणलाई दर्शकले यसको रिमेकको बिषयमा सोधेका थिए । रिमेक बन्यो भने तपाइ अहिलेका कुन कलाकारलाई काम गराउन चाहनुहुन्छ भन्ने प्रश्नमा करणले छिटो उतर दिए । उनले भने–‘म राहुलको भूमिकमा रणवीर सिंह, टिनाको भूमिकामा जाहन्वी कपुर र अंजलीको भूमिकामा आलिया भट्टलाई काम गराउन चाहन्छु ।’

करणले यो चलचित्रको बिषयमा भने–‘मैले साहरुख खान र काजोलसँग प्रतिवद्धता व्यक्त गरेको थिएँ कि, मेरो पहिलो चलचित्रमा म उनीहरुलाई नै काम गराउनेछु ।’ करणले आफ्नो दिमागमा एउटा दृश्य मात्र रहेको र यो दृश्य मन परेको खण्डमा मात्र साहरुख र काजोललाई चलचित्रको पुरा कथा सुनाउने वाचा गरे । तर, करण भन्छन्–‘मैले झुटो बोलेको थिएँ । मसँग चलचित्रका लागि स्क्रिप्ट नै थिएनँ ।’

करणले, यो चलचित्रमा टिनाको भूमिकाका लागि तब्बु, उर्मिला र ऐश्वर्या रायलाई अफर गरेका थिए । तर, पछि यो भूमिकामा रानी मुखर्जीले काम गरिन् । यो भूमिका गर्दा रानी १९ बर्षकी मात्र थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment