Comments Add Comment

हृदयघातअघि छालामा देखिन्छन् यी संकेत

संसारमा सबैभन्दा बढी मृत्युको कारण हृदयघात हो । हृदयसम्बन्धी रोगले धेरैजनालाई ग्रस्त बनाइरहेको छ । आखिर किन यति धेरै हृदयसम्बन्धी रोगले ग्रस्त छन् ? किन यो रोग बढ्दो छ ? मूलतः यसका दुई कारण छन् ।

एक, अहिलेका मान्छेको खराब खानपान नै यसको कारण हो । खराब खानपानकै कारण मान्छे रोगी भएका छन् । धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कोलेस्ट्रोलको समस्या छ । यी समस्याहरुले हृदयघातको जोखिम बढाएको छ ।

दोस्रो कारणचाहिँ हृदयाघातको संकेतबारे मान्छेहरु अनभिज्ञ छन् । यहीकारण उनीहरु समयमै सावधान रहँदैनन् । सामान्यत के मानिन्छ भने छातीमा तीव्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन ।

हृदयघात हुनुअघि नै छालामा केही अरु संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सतर्क रहन सक्छौं । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छन् । उक्त संकेतलाई पहिचान गरेर बेलामै सतर्क रहेपछि सम्भावित खतराबाट बच्न सकिन्छ ।

अचानक छालामा स-सना बिबिरा आउनु

शरीरमा अचानक जुनसुकै भागमा स-सना बिबिरा आउँछ भने यसबाट बुझ्न सकिन्छ तपाईंमा हृदय रोग छ । यस्तो बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ । त्यसैले अचानक देखिने यस्ता बिबिरापछि केही सावधान भने रहनुपर्छ ।

आँखाको आसपासमा पहेंलो वा सेतो चिप्रा जस्तो देखिनु

दुवै आँखाको छेउँमा सेतो-पहेंलो चिप्रा जस्तो देखिन्छ । कसै कसैमा यो चिप्रा जमेको मैनबत्ती जस्तै पनि देखिन्छ । आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखापर्न सक्छ । यदि तपाईंमा यस्तो संकेत देखिए तपाईंको कोलेस्ट्रोल नियन्त्रण भएको छैन । यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ ।

छालामा निलो वा बैजनी चिहृन

यदि तपाईंको शरीरको कुनैपनि भागको छालामा नीलो वा बजैनी रंगको देखिन्छ भने सावधान हुनुहोस्, किनभने यो अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखापर्छ । छालामा निलो, बैजनी निशानाको अर्थ हो कि तपाईंको शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन । धमनीमा रगत जम्मा हुँदा धमनी बन्द हुन्छ, जो हृदयघातको कारण बन्न सक्छ ।

नङको भाग सुन्निनु

यदि तपाईंको औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्वसंकेत हुनसक्छ । सामान्यत नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरु रोग भएको संकेत हो । कहिलेकाहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ । यद्यपि यी सबै संकेत हृदघातको कारण बन्न सक्छ ।

नङको बिचमा नीलो वा बैजनी धर्सा

अचानक तपाईंको औंलामुनी निलो वा बैजनी रंगको निशाना देखियो भने सावधान रहनुहोस् । यसले पनि हृदय रोगको संकेत गर्छ । हुन त यस्तो निशान चोटको कारण पनि देखापर्न सक्छ । यद्यपि कुनै चोटपटक लागेको छैन भने तुरुन्तै चिकित्सककहाँ पुग्नुपर्छ ।

खुट्टामा स-सना घाउ

यदि तपाईंको हात वा खुट्टाको औंलामा स-सना घाउ खटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदय रोगको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment