Comments Add Comment

शहजादमाथि लाग्यो एक वर्षको प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादलाई एक वर्षसम्म क्रिकेट खेल्न प्रतिबन्ध लागेको छ ।

खेलाडीको आचारसंहिता उल्लंघन गरेको भन्दै अफगान क्रिकेट बोर्डको अनुशासन समितिले उनलाई एक वर्षसम्म कुनै पनि क्रिकेटमा सहभागी हुन रोक लगाएको हो ।

बोर्डको अनुमति विना देश बाहिर गएको आरोप छ ।

यसअघि उनलाई बोर्डले अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको थियो । इद सकेपछि बसेको बोर्ड बैठकले उनलाई एक वर्षसम्मको प्रतिबन्ध लगाएको हो ।

उनलाई जुलाई २० देखि २५ तारिखसम्म अनुशासन कमिटीमा हाजिर हुन निर्देशन दिइएको थियो । तर उनी आएका थिएनन् ।

चोटका कारण देखाउँदै अफगानिस्तान क्रिकेट बोर्डले उनलाई एकदिवसीय विश्वकपबाट निकालेको थियो । तर शाहजादले भने आफु फिट भएपनि राजनीति कारणले गर्दा आफुलाई टिमबाट निकालेको भन्दै अब क्रिकेट नखेल्ने प्रतिक्रिया दिएका थिए ।

शाहजाद अफगानिस्तानका महत्वपूर्ण ब्याट्सम्यान हुन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा बढि रन बनाउने खेलाडी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment