Comments Add Comment

जब स्टिभ स्मिथ मैदानमै ढले

१ भदौ, काठमाडौं । इग्ल्याण्ड र अष्ट्रेलियाको दोस्रो एसेज टेष्टको चौथो दिन क्रिकेट प्रशंसकहरुले एउटा यस्तो क्षण सामना गर्नुप¥यो, जसले धेरैको होसहवास उडायो ।

चौथो दिनको दोस्रो सेसनमा ब्याट्सम्यान स्टिभ स्मिथ अष्ट्रेलियाको पारी सम्हालिरहेका थिए ।

अष्ट्रेलियाले ६ विकेट गुमाएर १८९ रन बनाएको थियो, पारीको ७७ औं ओभर लिएर इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर आए । पहिलो बल नै स्मिथलाई लागेको थियो तर गम्भीर चोट लाग्नबाट बचे । दोस्रो बलमा स्मिथ घाइते भए ।

आर्चारको १४८ मिलोमिटर प्रतिघन्टाको गतिमा आएको बल उनको कानको फेदमा लाग्यो ।

उनी मैदानमा नै ढल्न पुगे । स्मिथ बेहोस भएर मैदानमा ढलेपछि दुबै टिमका खेलाडी आत्तिए ।

लगतै मेडिकल टिमले उनलाई मैदान बाहिर लग्यो । मैदान छाड्दा स्मिथ ८० रनमा खेलिरहेका थिए ।

क्रिकेट समर्थहरु आत्तिरहेका थिए तर जब अष्ट्रेलियाले सातौं विकेट गुमायो, स्मिथ फेरि खेल्न आए । यति गम्भीर चोट लागेर पनि स्मिथ यति छिट्टै ब्याटिङमा आउनु धेरैको लागि आश्चर्यको विषय थियो । उनी थप १२ रन बनाएर आउट भए ।

यो घटनाले धेरैलाई अष्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युजको सम्झना गरायो । चार वर्ष अघि उनी यसरी नै बलले लागेर मैदानमा ढलेका थिए र उनको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment