Comments Add Comment

जग्गा विवादमा कुटिएकी महिलाको उजुरी प्रहरीले लिन मानेन

२ भदौ, कैलाली । कैलालीमा प्रहरीले जग्गाको विवादमा कुटिएकी महिलाको उजुरी दर्ता लिन अस्वीकार गरेको पीडितले  बताएका छन् ।

लम्कीचुहा नगरपालिका–८ गोप्काकी ३० वर्षीया रामजानकी चौधरीले आफूमाथि कुटपिट गर्नेविरुद्ध उजुरी दर्ता गराउन खोज्दा प्रहरीले आनाकानी गरेको चौधरीकी श्रीमान तीर्थ चौधरीले बताए ।

रामजानकीलाई असार १७ गते छिमेकी मार्कण्डी चौधरी, यमबहादुर चौधरी र यमकी छोरी लक्ष्मी चौधरीले कुटपिट गरेका चौधरीले बताए ।

छिमेकीको कुटपिटबाट रामजानकी घाइते भएकी थिइन् । उनको सेती अस्पतालमा उपचार भइरहेको छ । ४० दिनपछि उनको होस खुलेको तीर्थले बताए ।

पीडितहरूले ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउन खोज्दा प्रहरीले उजुरी नलिएको तीर्थले बताए । ज्यान मार्ने उद्योग अन्तर्गत प्रमाण अपुग भएको भन्दै प्रहरी पन्छिने गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गर्दा पीडितका पक्षमा मुद्दा कमजोर हुने देखिएकाले कुटपिट तथा अन्यमा मुद्दा दर्ता गराउन सुझाव दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment