Comments Add Comment

दीलिपको संस्मरणः ‘दर्पण छाँया’ले ५१ दिन मनाउँदाको त्यो पल

नायक दीलिप रायमाझी । यो नाम लिनसाथ धेरैले चलचित्र ‘दर्पण छाँया’का चुलबुले लभर ब्वाईलाई सम्झन्छन् । हुनपनि यही चलचित्र दीलिपको एउटा टर्निङ प्वाइन्ट थियो, जहाँबाट उनले लामो फिल्मी यात्रा तय गरे ।

तुलसी घिमिरे निर्देशित ‘दर्पण छाँया’ एक त्रिकोणात्मक प्रेमकथामा आधारित थियो, जो ब्लकबस्टर चलचित्रमा दरिए । दर्पण छाँयाले दीलिपदेखि उत्तम प्रधान, निरुता सिंह आदिलाई नेपाली रजतपटमा फरक चिनारी दिलायो ।

तुलसी घिमिरे निर्देशित यस चलचित्रले हलमा ५१ दिन मनाउन सफल भएको थियो । राजधानीमा भन्दा पहिला मोफसलमा यस चलचित्र रिलिज भएको थियो । मोफसल र राजधानी दुबैमा चलचित्रले ५१ दिन पार गरेको थियो ।

मोफसलमा ५१ दिन मनाउँदाको रमाइलो किस्सा छ दीलिपसँग । रिलिज भएको पहिलो शुक्रबार र शनिबार हलमा दर्शकको उपस्थिती निराशजनक थियो । प्रतेक हलमा ४०-५० जना दर्शक थिए । त्यो देखेर मोफसलमा पुगेका निर्देशक घिमिरे, नायक उत्तम प्रधान, नायिका निरुता सिंह निराश अनुहार लिएर राजधानी फर्किएका थिए ।

त्यस्तैमा, एक दिन निर्देशक घिमिरेले दीलिपलाई फोन गरे, ‘भाई, दर्पण छायाले ५१ दिन मनाउँला जस्तो छ । जानुपर्छ है ।’ दिलिपले यो कुरा पत्याएनन् । पत्याउन पनि कसरी ? आफु पुग्दा ४० जना दर्शक भएको चलचित्रले ५१ दिन मनायो भनिएको छ ।

तर पनि निर्देशकले नै भनेपछि उनी मोफसल जान तयार भए । बसमा उनीहरु इटहरी पुगे । ५१ दिनको दिन इटहरी बजार पुरै जाम थियो । दिलिप त्यो भिड देखेर होटलमा काम गर्ने एक जनालाई सोधे, ‘बाबु यो के को जाम हो?’ त्यो होटलमा काम गर्ने भाईले जवाफ फर्काए, ‘दाई आज दर्पण छाँयाको ५१ दिनको कार्यक्रम छ रे नि त ।’ दीलिप जिल खाए ।

हलमा पुग्दा दीलिपको क्रेज गज्जब देखियो । दर्शकले दीलिपको क्यारेक्टरको नाम चिच्याइरहेका थिए, ‘राज’ राज’ । ‘ए, हो रहेछ । चलचित्रले राम्रो व्यापार गरेछ’, दीलिपको आत बल्ल भरियो ।

उनी मोफलसका जति ठाउँमा पुगे, त्यहाँ उनको क्रेज बबालै देखियो । रिलिजको समय निराश अनुहार लिएर फर्किएका निर्माण युनिट ५१ दिन मनाएर फर्किदा खुसीले गदगद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment