Comments Add Comment

फिल्म उद्योगमा रजनीकान्तको ४४ वर्ष

भारतीय फिल्म अभिनेता रजनीकान्तले फिल्म उद्योगमा ४४ वर्ष पुरा गरेका छन् । यो ऐतिहासिक अवसरमा उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा उनलाई वधाइ दिएका छन् । उनलाई प्रसंशकहरुले #44YrsOfRajinism  मार्फत शुभकामना दिइरहेका छन् ।

बलिउडमा रजनीकान्तलाई मेगास्टार भनिन्छ । उनले २५ वर्षको उमेरमा फिल्म ‘अपूर्व रागंगल’ मार्फत फिल्मी संसारमा कदम राखेका थिए । उक्त फिल्म सन् १९७५ मा प्रदर्शन भएको थियो । रजनीकान्तले दक्षिण भारतीय फिल्म उद्योगका साथ-साथै बलिउडमा पनि थुप्रै वटा सुपरहिट फिल्ममा काम गरेका छन् ।

रजनीकान्तले सन् १९९२ मा प्रदर्शन भएको फिल्म ‘अन्धा कानून’ मार्फत बलिउडमा डेब्यू गरेका थिए । उनल चालबाज, बुलन्दी जस्ता सफल हिन्दी फिल्महरुमा अभिनय गरेका छन् । पछिल्ला वर्षहरुमा उनी हिन्दी फिल्ममा निकै कम देखिन्छन्, यद्यपि हिन्दी फिल्मका दर्शकहरुमाझ उनको क्रेज घटेको छैन । शिवाजी, पेट्टा, काला, २.० उनका पछिल्ला फिल्महरु हुने । उनका आगामी फिल्मको शीर्षक ‘दरबार’ हो, जसलाई एआर मरुगादौसले निर्माण गरेका हुन् । यो फिल्म सन् २०२० मा प्रदर्शन हुनेछ ।

१२ डिसेम्बर १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकान्तको जीवनको कथा निकै रोचक छ । अभिनेता बन्नुअघि उनी बेंगलुरुमा बसका कन्डक्टर थिए । रजनीकान्त आज त्यो नाम बनिसकेको छ, जसलाई सफलता तथा सम्मानका साथ जोडेर हेर्ने गरिन्छ । जमीनदेखि आकाशसम्म उनको सफलताको कथाहरु आज लाखौं व्यक्तिहरुका लागि प्रेरणादायी छ । रजनीकान्त खानपिनको प्रसंगमा पनि निकै सौखिन मानिन्छन् ।

रजनीकान्त एक जना त्यस्ता स्टार हुने, जसले सानो कामबाट करियर प्रारम्भ गरेर सफलताको शिखरसम्म चुमेका छन् । उनले सफलताको स्वाद चाख्ने क्रम आजको मितिमा पनि जारी नै छ । यति ठूलो स्टार भए पनि रजनीकान्तले आफ्नो पुराना दिनहरु तथा गरिवीलाई बिर्सिएका छैनन् । यही कारणले गर्दा उनी बेला-बेलामा सामाजिक कार्यमार्फत गरीवहरुलाई सहयोग समेत गरिरहेका हुन्छन् ।

रजनी अभिनयको क्षेत्रमा सुपरस्टार भए पनि वास्तविक जीवनमा उनी निधै साधारण छन् । आफ्ना हरेक फिल्मको प्रदर्शनपछि रजनीकान्त हिमालय क्षेत्रमा जान्छन् र एकान्तमा ध्यानमा मस्त हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment