Comments Add Comment

प्रचण्डलाई प्रदेशमन्त्रीको काउन्टर : काठमाडौंमा बढी भ्रष्टाचार छ

३ भदौ, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सबैभन्दा बढी भ्रष्टाचार काठमाडौंमा भएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा बढी भ्रष्टाचार भएको टिप्पणी गरेपछि मन्त्री यादवले कडा जवाफ दिएका छन् ।

प्रचण्ड स्वयं उपस्थित जिल्ला विपद व्यवस्थापन समितिको कार्यक्रममा मन्त्री यादवले देश नै भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको अवस्थामा प्रदेश २ अछुतो नरहेको बताए ।

‘सबैभन्दा बढी भ्रष्टाचार भएको क्षेत्र काठमाडौं हो’ उनले भने, ‘त्यहाँ क्विन्टन सुन गायव हुन्छ । प्रधानमन्त्रीको कार्यालय विक्री हुन्छ । त्यसमा जिम्मेवार पार्टीका महासचिव मुछिन्छन् । यसलाई भ्रष्टाचार नभनेर के भन्ने ?’

भ्रष्टाचार नियन्त्रणका लागि केन्द्र सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए । मन्त्री यादवले प्रदेश २ को सुशासनबारे चिन्ता व्यक्त गरेको भन्दै प्रचण्डलाई धन्यवाद पनि दिए ।

प्रदेश २ सरकारले सुशासन विधेयक तयार पारिसकेको भन्दै उनले अघि भने, संघीय सरकारको हस्तक्षेपका कारण शान्ति सुरक्षा चुस्तदुरुस्त हुन सकेको छैन । यहाँको प्रहरी प्रशासन अभाव, प्रभाव र दबावमा काम गर्न बाध्य छन् ।’

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले भने आफ्नो अभिव्यक्तिको बचाउ गरे । आफूले प्रदेश २ को मात्र नभई समग्र देशमा भ्रष्टाचार बढेको विषय उठाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment