Comments Add Comment

जनताको नजरमा पनि सरकार असफल भइसक्योः निधि

३ भदौ, बुटवल । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार जनताको नजरमा पनि असफल सिद्ध भइसकेको दाबी गरेका छन् ।

मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसाग कुरा गर्दै निधिले सरकारले एउटा पनि उदाहरणीय काम गर्न नसकेको बताए । उनले भने, ‘अहिलेको सरकारले न त विकास गर्न सकेको छ, न अधिकारका क्षेत्रमा काम गर्न सकेको छ ।’

उल्टै जनताको अधिकार खोस्ने प्रयास गरेको भन्दै उनले खवरदारी गर्ने वेला आएको बताए । कम्युनिस्टहरुको चरित्र नै निरङ्कुश भएको भन्दै उनले आवश्यक परे आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

अर्को एक प्रशंगमा उपभापति निधिले अबको निर्बाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment