Comments Add Comment

प्रेमिकासँग विवाह गर्दै अभिनेता आदित्य राय कपूर

केही वर्षयता बलिउडमा घरजाम गर्ने लहर चलेको छ । अनुष्का शर्मा, दीपका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनम कपूर जस्ता स्टारहरुपछि अब एक अर्का बलिउडका ह्यान्डसम हिरोको विवाहको चर्चा चल्न थालेको छ ।

अब पालो आएको छ, आशिकी- २ फेम अभिनेता आदित्य राय कपूरको । ताजा खबर अनुसार आदित्य राय कपूरले आफ्नी प्रेमिका दीवा धवनसँग विवाह गर्ने योजना बनाएका छन् । दीवा एक मोडल तथा अभिनेत्री हुन् ।

आदित्य तथा दीवाको अफेयरको खबर निकै लामो समयदेखि सुनिदै आएको थियो । एउटा स्थापित पत्रिकामा प्रकाशित भएको समाचार अनुसार, आदित्य तथा दीवा सन् २०२० मा विवाह गर्दैछन् ।

त्यसो त आदित्य आफ्नो व्यक्तिगत जीवनका बारेमा धेरै कुराकानी गर्न चाहाँदैनन्, त्यसैले उनको प्रेम-जीवनको बारेमा धेरै मानिसहरुलाई खासै जानकारी नै हुँदैन । यहाँसम्म कि करण जौहरको च्याट शोमा जब करणले उनलाई दीवाको बारेमा जिज्ञासा राखे, त्यो बेला पनि उनले दीवालाई केवल राम्रो साथी मात्र भनेर टारेका थिए ।

आदित्य राय कपूरसँग प्रेम सम्बन्धमा गाँसिनु भन्दाअघि दीवा धवन लीजा हेडन तथा अर्जुन रामपालकी गर्लफ्रेन्डग्रेबिएलासँग  फोटो सूट गरेका कारण सामाजिक सञ्जालमा छाएकी थिइन् । दीवा, लीजा तथा ग्रेबिएलाले संग-संगै धेरै वटा फेसन शूट गराएका छन् र उनीहरुका हट फोटोहरु सधैं चर्चामा आइरहन्छन् ।

दीवाको जन्म अमेरिका (न्यूयोर्क) मा भएको थियो । उनले आफ्नो प्रारम्भिक शिक्षा पनि अमेरिकामै पुरा गरिन् । उनले अमेरिकाकै फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेकी छिन् । स्नातक तहको अध्ययन पुरा गरेपछि उनी करियर बनाउनका लागि भारत आएकी हुन् । दीवाले १४ वर्षको उमेरदेखि नै मोडलिङ करियरको थालनी गरेकी थिइन् । त्यही क्रममा फेसन डिजाइनरहरु जेजे वलाया तथा मनीया अरोडाको नजर दीवामाथि परेको थियो । त्यसपछि दीवाले आजको मितिसम्म पछाडि फर्केर हेर्नु परेको छैन । उनले अहिलेसम्म मनीष मल्होत्रा, तरुण तहिलियानी जस्ता थुप्रै सेलिब्रेटी फेसन डिजाइनरहरुका लागि काम गरिसकेकी छिन् ।

सन् २००९ मा प्रदर्शन भएको फिल्म ‘लण्डन डि्रम्स’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आदित्यले त्यही वर्ष प्रदर्शन भएको फिल्म ‘एक्सन रिप्ले’ पनि अभिनय गरेका थिए । दर्शकहरुले भने उनलाई सन् २०१० मा प्रदर्शन भएको ‘आषिकी २’ बाट चिन्दछन् । यो अवधिमा उनले गुजारिश, ये जवानी हे दिवानी, दावत-ए-इश्क, फितूर, डियर जिन्दगी, ओके जानू, वेल्कम टु न्यूयोर्क, कलंक जस्ता फिल्ममा अभिनय गरेका छन् । वर्ष २०२० मा उनका तीन नयाँ फिल्महरु प्रदर्शन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment