Comments Add Comment

यू-१९ एसिया कप : नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

४ भदौ, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियन क्रिकेट परिषद् (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ‘बी’ मा परेको हो । यो समूहमा नेपालसँगै आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत रहेका छन् ।

खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यस्तै, ८ सेप्टेम्बरमा नेपालले बंलादेशसँग खेल्नेछ भने तेस्रो खेलमा १० तारिखमा नेपालले यूएईसँग खेल्नेछ ।

समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको नेपालले कडा अभ्यास गरिरहेको छ । यो पटक टेष्ट नेशन राष्ट्रलाई पराजित गर्ने नेपालको मुख्य लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment