Comments Add Comment

योग शिक्षा पढ्न चीनले वार्षिक १ हजार विद्यार्थी पठाउने

४ भदौ, काठमाडौं । चीनले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी अध्ययन गर्न आफ्ना देशका विद्यार्थीलाई नेपाल पठाउन तयार भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रम बनाएपछि चीन सरकारले वार्षिक १ हजार आफ्ना विद्यार्थीलाई योग शिक्षा अध्ययनका लागि नेपाल पठाउने इच्छा व्यक्त गरेको हो ।

चीनको बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग बुधबार सिंहदरबारमा भेट गरि योग शिक्षा अध्ययन गर्न नेपाल उपयुक्त मुलुक भएकोले विद्यार्थी पठाउन तयार रहेको बताएका थिए ।

काठमाडौंमा मंगलबारदेखि जारी मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रोफेसर थिङ नेपाल आएका हुन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको विषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए ।

मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय देशको अहिलेको आवश्यकताको भएको भन्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment