Comments Add Comment

नेकपा नेतृत्वमा ५० प्रतिशत महिला पुर्‍याउन लड्छु – वामदेव

४ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र महिलाको उपस्थिति न्यून रहेको बताएका छन् । पार्टीमा आफूले महिलाको प्रतिनिधत्व बढाउनका लागि संघर्ष गर्ने गौतमले बताएका छन् ।

‘पार्टी नेतृत्वमा अहिले महिलाको प्रतिनिधित्व १० प्रतिशत मात्र छ’, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गौतमले भने,’ अब म महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउनका लागि लड्छु ।’

पूर्वमाओवादी लडाकू एवं शहीदपत्नी खिमा रिजालले जनयुद्धकालीन स्मृतिलाई समेटेर लेखेको ‘उज्यालोको खोजीमा संघर्षका पाइला’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले पार्टीमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment