Comments Add Comment

कालो गर्धनबाट चिन्तित हुनुहुन्छ ? अपनाउनुस् ५ उपाय

सुन्दर देखिने रहर कसलाई हुँदैन होला ? अझ पुरुषभन्दा पनि महिलालाई सुन्दर देखिने चाहना अत्यधिक हुन्छ । महिलाहरु जति नै व्यस्त भए पनि आफ्नो सुन्दरताका लागि समय निकाल्ने गर्छन् । आफू सुन्दर देखिनका लागि विभिन्न उपायहरु अपनाउने गर्छन् । अनुहारको सुन्दरताका लागि हामी विभिन्न प्याकहरुको प्रयोग गर्छौं, तर गर्धनको सुन्दरतामा त्यति ध्यान दिँदैनौ । जसका कारण गर्धनको छाला कालो हुने र डढेको जस्तो देखिन्छ ।

सुन्दर अनुहारको साथै सेतो गर्धन भयो भने तपाईंको सुन्दरतामा सुनमा सुगन्ध भरिन्छ । त्यसैले अनुहारको सुन्दरता जस्तै गर्धनको सुन्दरतामा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । त्यसैले आज हामी गर्धन कसरी सुन्दर बनाउने भनेर केही टिप्स दिँदैछौं ।

१. गर्धन सफा गर्नका लागि स्क्रब सबैभन्दा उत्तम उपाय हो । स्क्रब बनाउनका लागि दुई चम्चा बदामको धुलोमा तीन चम्चा दूध मिसाएर पेस्ट तयार गर्ने । यो पेस्टलाई आफ्नो गर्धनको सम्पूर्ण भागमा लगाएर १५ मिनेटसम्म मसाज गर्ने । स्क्रबलाई केही समय सुक्न दिने र सुकेपछि चिसो पानीले गर्धन पखाल्ने ।

२. एक चम्चा दहीमा दुई चम्चा ओखरको धुलो मिसाएर बाक्लो पेस्ट बनाउने । यो पेस्टले गर्धनलाई स्क्रब गर्ने । यसरी गर्धनमा दिनहुँ स्क्रब गर्नाले गर्धन सेतो र सफा हुन्छ ।

३. दुई चम्चा कागतीको रसलाई महमा मिलाएर पेस्ट तयार पार्नुहोस् । यो पेस्टलाई आफ्नो गर्धनमा २० मिनेटसम्म लगाइ रहनुहोस् र पछि पानीले पखाल्नुहोस् । गर्धन पखाल्दा पनि मसाज गर्दै पखाल्नुहोस्, जसले गर्धनका फोहोर पनि सफा हुन्छ ।

४. एक चम्चा आलुको रस, एक चम्चा दूध र केही थोपा नरिवलको तेल मिलाउने । यो मिश्रणले आफ्नो गर्धनलाई बारम्बार पुछ्नुहोस् । यसो गर्दा तपाईंको गर्धन सफा हुन्छ ।

५. गर्धनको कालोपना हटाउनका लागि दिनमा चार पटक काँक्रोको रसले गर्धन सफा गर्नुपर्छ । गर्धन सफा गर्न नरिवलको पानी पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यी घरेलु उपायहरु अपनाएर तपाई आफ्नो गर्धनलाई पनि अनुहार जस्तै सुन्दर र आकर्षक बनाउन सक्नु हुन्छ । गर्धन सफा हुँदा खुल्ला किसिमको पहिरनहरु पनि सजिलै पहिरन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment