Comments Add Comment

प्रकृति भइन् ब्युटी क्विन

सोभिता राई मिसेस नेपाल

सौन्दर्य प्रतियोगिताको लहर नै चलेको छ । यसै सिलसिलामा हालै राजधानीमा एक सौन्दर्य प्रतियोगिता सम्पन्न भयो । अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा दुई वटा बेग्ला-बेग्लै उपाधीवीच प्रतियोगीहरु भिडेका थिए । मिस ब्युटी क्विन नेपाल शीर्षको उपाधी प्रकृति लिम्बुले जितिन् । यसैगरी मिसेस नेपाल आइडल-२०१९ को सोभिता राईले जितेकी छिन् ।

दुई भिन्न प्रतियोगिताहरु एउटै स्टेजमा एकै साथ आयोजना गरिएको थियो । प्रतियोगितामा मिस व्यूटि क्विनतर्फ दिक्षा रिसालले फस्र्ट रनर्स अपको उपाधि जितिन् भने प्रनिशा नोपलले सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाइन् । मिसेस नेपाल आइडलतर्फ मिरा नेपालीले फस्र्ट रनर्स अप तथा रीता महर्जनले सेकेन्ड रनर्स अपको उपाधि जिते ।

उक्त प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी हुन् ।

प्रतियोगिताको मिस ब्यूटितर्फ प्रमिशा नेपालले बेस्ट पर्सनालिटी, अनिला खत्रीले बेस्ट डिसिप्लिन, उषा लामिछानेले मस्ट एक्टिभ, दिक्षा रिसालले मोस्ट एक्ट्रयाक्टिभ, कमला तामाङले बेस्ट फोटोजेनिक, प्रकृति लिम्बुले मोस्ट कन्फिडेन्ट, कमला तामाङले बेस्ट डे्रस, उषा लामिछानेले पब्लिक च्वाइस तथा अनिला खत्रीले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए ।
मिसेस नेपाल आइडलतर्फ सलिना गुरुङले बेस्ट पर्सनालिटी, इस्मा राईले बेस्ट ट्यालेन्ट तथा बेस्ट ड्रेस, पारु थापा मगरले बेस्ट हेयर, पूजा तामाङले बेस्ट स्किनरपब्लिक च्वाइसर मोस्ट पपुलर, रीता महर्जनले बेस्ट फोटोजेनिक, शोभिता राईले मोस्ट स्मार्ट, आष्मा श्रेष्ठले मोस्ट एक्टिभ तथा मीरा नेपालीले मोस्ट कन्फिडेन्टको उपाधि जित्न सफल भए ।

मिसेस नेपाल आइडलतर्फ मिस नेपाल-२००० उषा खड्गी मुख्य निर्णयकको रुपमा रहेकी थिइन् भन् मिसेस व्युटिसियन नेपाल-२०१५ की विजेता गौरा राई क्षेत्री, मिसेस नेपाल आइडल- २०१७ की विजेता रक्की श्रेष्ठ, मिसेस मंगोल नेपाल-२०१९ की विजेता बिमला पैजा निणर्ाकको रुप रहेका थिए ।

त्यसैगरी मिस ब्यूटि क्विन नेपालको मुख्य निर्णयकमा अभिनेत्री तथा मोडल सुमी मोक्तान मुख्य निर्णयक रहेकी थिइन् भने मिस्टर हेण्डसम नेपाल-२०१८ का विजेता मिलन रेग्मी तथा मिसेस ग्लोबल नेपाल-२०१८ की फस्ट रनर्स अप लीला निरौलाल निर्णयकको रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment