Comments Add Comment

चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान २

भारतले चन्द्रमामा प्रक्षेपण गरेको चन्द्रयान २ नामक अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार पृथ्वीको कक्षबाट बाहिर निस्र्किएसँगै मंगलबार बिहान चन्द्रयान २ चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

इसरोले एक विज्ञप्ती जारी गर्दै यस जटिल कार्यपश्चात् अन्तरीक्षयानलाई चन्द्रमाको ध्रसवमाथि अन्तिम कक्षमा प्रवेश गराइनेछ, जहाँ चन्द्रमाको सतहबाट यसको दूरी १ सय किालेमिटर हुनेछ ।

आउँदो सेप्टेम्बर ७ मा चन्द्रयान २ चन्द्रमाको दक्षिणी ध्रुवस्थित सतहमा अवतरण गर्ने इसरोले जनाएको छ ।

भारतले प्रक्षेपण गरेको चन्द्रयान २ ले ३ लाख ८४ हजार किलोमिटर दूरी पार गरी चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रमाको कक्षमा यानलाई प्रवेश गराउनु निकै जटिल अपरेसन थियो ।

अवतरण अगाडि चन्द्रयान २ लाई चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गराउने अर्थात् लूनर क्याप्चर मिसनमा सफलता हात पार्नु निकै चुनौतिपूर्ण थियो । किनकि सानो कमजोरीले पनि ठूलो खतरा पैदा गर्दथ्यो ।

किनकि यदि चन्द्रयानको गति कम भएमा चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले उक्त यानलाई जोडसँग आफूतर्फ तान्दथ्यो र यस्तो अवस्थामा यान चन्द्रमाको सतहमा ठोक्किएर चकनाचुर हुन्थ्यो ।

वैज्ञानिकका अनुसार यो सफलतासँगै अब चन्द्रयान २ लाई चन्द्रमाका अन्य कक्षहरुमा पनि लगिने र यसमा रकेट प्रक्षेपण गरिनेछ ।

फेरि विस्तारै यानलाई चन्द्रमाको सतहभन्दा १ सय किलोमिटर मात्र टाढा लगिनेछ । त्यसपछि २० किलोमिटर नजिक पूराइनेछ । त्यसपछि लूनर ल्याण्डरलाई यानबाट हटाएर चन्द्रमाको सतहतर्फ छाडिनेछ ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment