Comments Add Comment

एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए ।

एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ ।

पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु एकैचोटि गर्भवती भएसँगै अस्पतालले नै आफ्नो फेसबुक पेजबाट तस्वीरसहित बधाई दिएको थियो । ती सबै नर्सले अप्रिलदेखि जुलाईको बीचमा बच्चा जन्माउने थिए, र भयो पनि त्यस्तै । अहिले बच्चाहरुको उमेर ३ हप्तादेखि साढे ३ महिनासम्मको छ ।

रोचक त के भने प्रसूति विभागमा काम गर्ने सबै नर्स एकै समयमा गर्भवती भएका थिए । कार्यस्थलमा उनीहरुले एकले अर्काको ख्याल गर्दथे, साथ दिन्थे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment