Comments Add Comment

विराटनगरमा शुक्रबार सार्वजनिक विदा, शनिबार रथयात्रा

५ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा महानगरपालिकाले शुक्रबार बिदा दिएको हो ।

विराटनगरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्ने प्रचलन छ । रथयात्रामा सार्वजनिक विदा दिदै आएको महानगरले रथयात्रा शनिबार परेका कारण शुक्राबार नै सार्वजनिक विदा दिएको हो ।

महानगरपालिले बिहीबार जारी गरेको सार्बजनिक सूचनामा महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, अन्तर्गतका कार्यालय तथा नगर क्षेत्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट शनिबार विराटनगरमा वृहत रथयात्रा निकालिादैछ । विराटनगरको पहिचान र संस्कृतिसाग जोडिएको ५२ औं राधाकृष्ण रथयात्रामा पूर्वी नेपाल र छिमेकी देशबाट पनि ५ लाख भक्तजन सहभागि हुने रथयात्रा व्यावस्थापन मूल समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । रथ यात्रा लागि १८ वटा उपसमिति गठन गरिएको उनले बताए ।

विराटनगर पानीट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा विराटनगर मेनरोड हुादै महेन्द्र चोक, धरानरोड, बरगाछी हुादै सात किलोमिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर सकिनेछ । रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४० स्थानमा विश्रामस्थल तोकिएको छ । रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट एक घण्टासम्म पुष्पागुच्छा बर्साइने अध्यक्ष ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment