Comments Add Comment

घानाका फुटबलर जुनियर अगोगोको निधन

५ भदौ, काठमाडौं । घानाका पूर्वस्ट्राइकर जुनियर अगोगोको निधन भएको छ ।

सन् २०१५ मा फुटबलबाट सन्यास लिएका अगोगोको ४० वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि ढाडको समस्याबाट पीडित उनको बिहीबार विहान लण्डनमा निधन भएको बीबीसीले लेखेको छ ।

इंग्लिस क्लब नटिङघम फरेष्ट र व्रिस्टोल रोभर्सबाट समेत फुटबल खेलका उनी घानाका राम्रा स्ट्राइकर हुन् । उनले आफ्नो देशका लागि थोरै खेल खेलेपनि स्टार खेलाडीको नाम कमाएका थिए ।

उनले आफ्नो देशबाट २७ खेल मात्रै खेल्दै १२ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment