Comments Add Comment

वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्‍व संकलन

५ भदौ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७६/०७७ को को पहिलो महिनामा लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

भन्सार विभागले १५ अर्ब १३ करोड ८७ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले १० अर्ब ९५ करोड ४ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

जुन लक्ष्यको ७२ दशमलब ३३ प्रतिशत मात्रै हो । कार्यालयले विभागले दिएको लक्ष्यभन्दा ४ अर्ब १८ करोड ८३ लाख ३३ हजार रुपैयाँ कम राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिष महतोले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको साउनमा कारोबार नै घटेकोले राजस्वको लक्ष्य भेट्टाउन नसकिएको जानकारी दिए । ‘गत आर्थिक वर्ष भन्दा यस वर्ष साउन महिनामा १५ प्रतिशतले कारोबार घटेको छ । तर राजस्वको लक्ष्य ३० प्रतिशतको हाराहारीमा बढाईएको छ ।’ उनले भने, ‘कारोबार नै घटेपछि राजस्व बढी संकलन हुने कुरै भएन् ।’

कार्यालयले भन्सार महशुलबाट ३ अर्ब ७५ करोड ८२ लाख ३७ हजार, मुल्य अभिवृद्धि कर तर्फ ४ अर्ब ४२ करोड ५२ लाख ९४ हजार, अन्त शुल्कबाट १ अर्ब ५५ करोड ३६ लाख ८८ हजार, पूर्वाधार कर ५२ करोड ५८ लाख, अग्रिम आय कर १ करोड ३६ लाख ५० हजार, स्वास्थ्य जोखिम कर ९२ हजार र अन्य ६७ करोड ३६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा वीरगञ्ज भन्सार कार्यालयले विभागको लक्ष्य भन्दा झण्डै ५ प्रतिशत बढी राजस्व अशुली गरेको थियो । विभागले १२ अर्ब १ करोड २४ लाख ९ हजार राजश्व अशुलीको लक्ष्य दिएकोमा कार्यालयले १२ अर्ब ५९ करोड २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment