Comments Add Comment

राकिटिक बार्सिलोनामै रहने

५ भदौ, काठमाडौं । क्रोएसियाका मिडफिल्डर इभान राकिटिक बार्सिलोनामै रहने भएका छन् ।

यही साता इटालियन क्लब युभेन्टसले उनलाई भित्र्याउन निकै प्रयास गरेका थिए । तर ३१ वर्षीय राकिटिक यो सिजन स्पेनिस क्लब बार्सिलोनामै बस्ने भएका हुन् ।

राकिटिक आफ्नो फुटबल करिअर भरि नै बार्सिलोना बस्न चाहेको मार्काले लेखेको छ । बार्सिलोनासँगको सम्झौता उनको २०२१ मा सकिनेछ ।

राकिटिक बार्सिलोनाका मुख्य खेलाडी हुन् । उनी बार्सिलोनाको मिडफिल्डमा चलेका खेलाडी हुन् । सन् २०१८–०१९ को सिजनमा राकिटिकले ५४ पटक खेलेका छन् । जुन बार्सिलोनाको प्लेइङ इलाभेनमा पर्दै खेलेको सर्वाधिक उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment