Comments Add Comment

कुमारी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच सम्झौता

स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राईभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेको हस्ताक्षर रहेको उक्त सम्झौता-पत्रअनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment