Comments Add Comment

तेस्रो टेष्टमा अष्ट्रेलिया कमजोर

Photo Credit : आईसीसी

६ भदौ, काठमाडौं । एसेज सिरिजको तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया कमजोर देखिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डविरुद्ध पहिलो पारीमा १७९ रनमै समेटिएको छ । अष्ट्रेलियाका लागि मार्नुस लबुस्चेनले ७४ र डेभिड वार्नरले ६१ रन बनाउन बाहेक अन्य कुनै खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।

इंग्ल्यान्डका जोप|mा आर्चरको सबै सिकार बने । उत्कृष्ट बलिङ गरेका जोफ्राले १७.२ ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर ४५ रन खर्चिदै ६ विकेट लिए । टेष्ट क्रिकेटमा आफ्नो पहिलो सिरिज खेल्दै गरेका आर्चरले इंग्ल्यान्डका लागि ठूलो सम्भावना बोकेको खेलाडीको रुपमा प्रस्तुत भएका छन् ।

पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment