Comments Add Comment

नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ

६ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं २ बैरिया विर्ता बस्ने ३४ बर्षका दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने ४८ बर्षका जमिल अख्तर पक्राउ परेका हुन् । बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जाली नोटको कारोबारमा गिरोह नै सक्रिय भएको हुन सक्ने आशंका गरिएको बताए । ‘अनुसन्धानकै क्रममा छौं, धेरै कुरा बोल्न मिल्दैन तर जाली नोटको कारोबारमा गिरोह नै संलग्न रहेको आशंका हामीले गरेका छौं’ उनले भने ‘यही अनुसार थप अनुसन्धान अघि बढाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment