Comments Add Comment

अख्तियारको कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता २० प्रतिशतले बढ्यो

५ भदौ, डोटी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चरपुरमा मुद्दा दर्ताको संख्यामा करिब २० प्रतिशतले वृद्धि भएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा जम्मा सात सय ३४ मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा मुद्धा दर्ताको संख्या पाँच सय ८८ रहेको थियो ।

गत आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरुमध्ये ६०९ वटा फर्छ्यौ भएका छन् । फर्छ्यौ भएकामा बिस्तृत अनुसन्धानमा गएका ६३, सिधै तामेलीमा गएका दुई सय ७३, सुझावसहित तामेलीमा गएका ३०, अन्य महाशाखा कार्यालयमा छानबिनका लागि पठाइएका १२ वटा रहेका छन् ।

यस्तै, आवश्यक कारवाहीका लागि सम्वन्धित निकायमा पठाइएका ९३ र अन्य उजुरीमा गाभिएका १३८ रहेको कार्यालय प्रमुख शिवबहादुर कार्कीले जानकारी दिए ।

धेरै मुद्दा कैलालीका

सुदूरपश्चिमका नौ जिल्लामध्ये भ्रष्टाचार भएको भन्दै सबैभन्दा बढी मुद्दा कैलाली जिल्लाबाट दर्ता भएका छन् । यस जिल्लाबाट दुई सय ६२ मुद्दा परेका छन् ।

सबैभन्दा कम बाजुराबाट १७ मात्र मुद्दा परेका छन् । कञ्चनपुरबाट १६४, बैतडीबाट ७२, डडेल्धुराबाट ५१, बझाङ्गबाट ४७ दार्चुलाबाट ४६, डोटीबाट ३९ र अछामबाट ३६ मुद्दा आयोगको महेन्द्रनगर कार्यालयमा दर्ता भएका छन् ।

सामान्य प्रशासन सम्बन्धी मुद्दा धेरै

बिषयगत रुपमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्वन्धित मुद्दा परेका छन् । यस विषयमा २०६ मुद्दा रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयसंग सम्वन्धित एक सय ७३, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित १२२, भूमि व्ववस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित ६३ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्वन्धित २२ मुद्दा दर्ता भएका छन् ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायत विकाससँग सम्बन्धित २१, शहरी विकाससँग सम्बन्धित १३, गृहसँग सम्बन्धित १३, अर्थसँग सम्बन्धित १२, उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित १०, ऊर्जा, सिँचाइ तथा जलश्रोत सन्बन्धित १८ र अन्य निकाय वा कार्यालयसंग सम्बन्धित ४० मुद्दा रहेका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा पनि सबैभन्दा बढी कैलालीबाट १६० दर्ता भएका थिए भने सबैभन्दा कम बाजुराबाट १३ मुद्दा दर्ता भएका थिए ।

बैतडीबाट ५४, अछामबाट ५०, डोटीबाट ४९, डडेल्धुराबाट ४७, बझाङ्गबाट ३२ र दार्चुलाबाट २६ मुद्दा दर्ता भएका छन् ।

स्थापनादेखि हालसम्म यस क्षेत्रमा चार हजार सात सय ९९ मुद्दा दर्ता भएका र तीमध्ये चार हजार १३२ मुद्दा किनारा लागिसकेका कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment