Comments Add Comment

चिदम्बरमलाई जेल पठाउनुको राजनीतिक रहस्य

पृथ्वी गोलो छ । सन् २०११ मा जतिबेला पी चिदम्बरम भारतका गृहमन्त्री थिए, उनले केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) भवनको उद्घाटन गरेका थिए । बुधवार पक्राउ परेपछि उनी त्यही सीबीआई मुख्यालय भवनमा रात बिताउनु पर्‍यो ।

जतिबेला चिदम्बरम गृहमन्त्री थिए, सीबीआईले सोहराबुद्दीन शेख मुठभेड मामिलामा हत्याको आरोपमा गुजरात सरकारमा तत्कालीन मन्त्री अमित शाहलाई गिरफ्तार गर्‍यो । आज अमित शाह गृहमन्त्री छन् । पी चिदम्बरम पक्राउ परेका छन् ।

चिदम्बरमले केबल मोदीको दाहिने हात मानिने अमित शाहलाई समस्यामा पारेनन् । सीधा आफ्नो हात मोदीमाथि पनि राखे । विशेष अनुसन्धान टोली (एसआईटी) २००२ को गुजरात दङ्गाको अनुसन्धान गर्दै थियो । त्यसमा मोदीलाई मुछ्ने प्रयास भयो, जसमा चिदम्बरमले शक्ति प्रयोग गरेको भन्ने गरिन्छ ।

‘भगवा आतंक’

भाजपाको दृष्टिकोणबाट यो निकै नराम्रो थियो तर, चिदम्बरम यतिमा रोकिएनन् । उनले २०१० मा ‘भगवा आतंकवाद’ शब्द प्रयोग गर्दै सम्पूर्ण संघ परिवारलाई निशाना बनाए ।

आतंकवादसम्बन्धी एक सम्मेलनमा उनले भने, ‘विगतमा भएका थुप्रै बम विष्फोटसँग जोडिएका भगवा आतंकवादको नयाँ रूप अहिले अगाडि आएको छ । मेरो आग्रह छ, हामी सँधै सतर्क रहनुपर्छ र केन्द्र र राज्यस्तरमा आतंकवादलाई रोक्ने क्षमता बढाइरहनु पर्छ ।’

उनको टिप्पणीमा भाजपाले हंगामा मच्चायो । हिन्दुवादी शक्तिहरूले ‘आतंकवाद’लाई ‘हिन्दुत्व’ सँग जोड्नु आफूलाई अवैध सावित गर्ने प्रयासका रुपमा लियो, जुन अहिलेसम्म केवल इस्लामिक शक्तिलाई मात्र जोड्ने गरिन्छ ।

यद्यपि अन्त्यमा सबैले यस कुरामा सहमति जनाए कि आतंकवादको कुनै धर्म हुँदैन । तर हुनुपर्ने क्षति भइसकेको थियो ।

अनुसन्धान स्पष्ट थियो वा थिएन (केही विस्फोट हिन्दुत्ववादी संगठनसँग सम्बन्धित पाइन्छ) तर, यो राजनीतिक रुपमा आत्मघाती बन्यो । किनकि यसले भाजपा र संघलाई धर्म निरपेक्ष षडयन्त्रको शिकार भएको कार्ड खेल्ने मौका दियो ।

कांग्रेसले सार्वजनिक रुपमा चिदम्बरमको विवादास्पद अभिव्यक्तिको खण्डन गर्नुपर्‍यो । जनार्दन द्विवेदीले कांग्रेसको बयानमा भनेका थिए, ‘यो विवाद एउटा शब्दलाई लिएर सुरु भएको थियो । (गृहमन्त्रीले विवादास्पद बयान) उनको एजेण्डामा भगवा होइन आतंकवाद थियो र आतंकको कुनै रंग थिएन । यो पूर्ण रूपमा कालो हुन्छ । भगवा, रातो, हरियो वा सेतो तपाईले यसलाई जोसँग जोड्नुस्, … आतंकवादको कुनै रंग हुँदैन । आतंकवादको निन्दा गरिनुपर्छ । भाषाको प्रयोगमा हामीले संयमता अपनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि मानिसले कुनै पनि रंगप्रति आपत्ति जनाउनु हुँदैन किनभने सबै रंगको आफ्नै परम्परा र इतिहास छ ।’

आईएनएक्स मुद्धा

चिदम्बरमबिरूद्ध अहिलेको मुद्दा कानूनी भन्दा राजनीतिक बढी छ । यो स्पष्ट छ । तर विषय कानूनी छ । जब चिदम्बरम यूपीए–१ (गठबन्धनको पहिलो सरकार) मा वित्तमन्त्री थिए, त्यसबेला हुँदा आईएनएक्स नामको एक मिडिया कम्पनीलाई ३०५ करोड लगानी गर्न अनुमति चाहिएको थियो । विदेश लगानी प्रमोशन बोर्डले यो अनुमति दिनुपर्‍यो । कथित रुपमा कम्पनीले अनुमति बिना लगानी गर्‍यो ।

आईएनएक्स कम्पनीका मालिक थिए इन्द्राणी र पिटर मुखर्जी । यी दम्पती छोरी शीना बोराको हत्याको अभियुक्त थिए र अहिले जेलमा छन् । इन्द्राणीले यो स्वीकार गर्ने निर्णय गरिन् कि कानुनी सजायबाट उम्कन पी चिदम्बरमलाई घुस दिएका थिए । जुन रकम चिदम्बरमको छोरा कार्तिलाई दिइयो, त्यो १० लाख थियो ।

यति मात्र होइन, २००६ एयरसेल म्याक्सिस सम्झौतामा चिदम्बरमकोविरुद्ध त्यस्तै आरोप लगाइएको छ । यो सम्झौतासँग जोडिएको घटनामा अहिले अनुसन्धान भइरहेको छ ।

तर चिदम्बरमको गिरफ्तारी मोदीको युगमा कांग्रेसको उच्च तहका नेताको पहिलो गिरफ्तारी हो ।

कांग्रेसका लागि सहानुभूति छैन

सामान्यतया सरकारले कुनै पनि विपक्षी नेतालाई जनताले सहानुभूति देखाउने डरले पक्राउ गर्दैनन् । आपतकालपछि इंदिरा गान्धीलाई पनि त्यस्तै भएको थियो । तर, आज यस्ता पक्राउहरूको राजनीतिक प्रभाव नगण्य छ । आज विपक्षी नेताहरुप्रति जनताको सहानुभूति व्यक्त गर्नु अघि मोदी धेरै शक्तिशाली छन् ।

यो पक्राउ यस्तो समयमा भएको छ, जतिबेला अर्थव्यवस्था सुस्त देखिएको छ । चिदम्बरम २००४ र २००८ बीचको आर्थिक वृद्धि र वित्तीय घाटा दुवैलाई नजिकबाट नियाल्ने उत्कृष्ट अर्थमन्त्री थिए । सामाजिक सञ्जालमा भन्न थालिएको छ कि आईसीआईले चिदम्बरमलाई पहिलो प्रश्न कसरी अर्थ व्यवस्थालाई किटस्टार्ट गर्ने भनेर सोध्यो ।

चिदम्बरमको पक्राउ यस्तो समयमा भएको छ, जब कश्मीरका सबै विपक्षी नेता जेलमा छन् । अब जब अर्थव्यवस्थाले मोदी सरकारको लागि खराब हेडलाइन्स बन्छ, भ्रष्टाचारको मुद्दामा विपक्षीका त्यस्तै हाइप्रोफाइल नेताहरु पक्राउ पर्न सक्छन् ।

अनुसन्धानकर्ताहरू जुन ठूला नामको पछाडि दौडिएएका छन्, त्यसमा शशि थरूर, रोबर्ट वाड्रा, राहुल गान्धी र सोनिया गान्धी हुन् ।

रोबर्ट वाड्रालाई अवैध सम्पत्ती आर्जनको आरोप लगाइएको छ भने सोनिया र राहुललाई नेशनल हेराल्ड मुद्दामा भ्रष्टाचारको आरोप लगाइएको छ ।त्यस्तै सुनन्दा पुष्करको मामिलामा पटकपटक यो धारणा बनाइएको छ कि शशि थरुरले आफ्नी श्रीमतीलाई आत्महत्या गर्न उक्साएको थियो । दिल्ली प्रहरीले थरूरमाथि आईपीसीको धारा ४८९–ए (पति वा उनको परिवारको महिलासँग क्रुर व्यवहार) र धारा ३०६ (आत्महत्याको घटना) अन्तर्गत आरोप लगाएको छ ।

भाजपा समर्थकहरूको ट्वीटर ह्यान्डल र भाजपा समर्थित समाचार च्यानलको प्रभाव हेरेर अनुसन्धान एजेन्सीहरूले कदम चाल्ने गरेको महसुस गर्न सक्नुहुन्छ ।

यसले भाजपालाई कसरी मद्दत गर्छ ?

अर्थतन्त्र सुस्त हुँदै गइरहेको छ, यस्तो अवस्थामा भाजपालाई ‘मोदी सरकार अर्थव्यवस्था चलाउन असफल’ भन्ने हेडलाइनलाई परिवर्तन गरिरहनु आवश्यक छ । पहिले यो कश्मीर थियो र अब चिदम्बरम, अगाडि अरु पनि आउने छन् ।

यसले जनतालाई निरन्तर सम्झना दिलाउँछ कि विपक्षी भ्रष्ट, बिक्रीयोग्य र दोषी छ ।

चिदम्बरम केही दिनमै जमानतमा छुट्ने छन् । तर, उनको पक्राउले मोदी सरकारलाई पक्कै पनि कंग्रेस पार्टी कत्तिको भ्रष्ट छ भनेर मानिसहरूलाई सम्झाउन मद्दत पुर्‍याउँछ र विपक्षी डरले चुप रहनेछ ।

जन नेता होइन

जबजब विपक्षी नेताहरूले जनतासँगको सम्पर्क गुमाउँछन्, सरकारलाई तिनीहरूलाई पक्राउ गर्न सजिलो हुनेछ । आरोपहरू सत्य होस् वा झूठो वा बढाइचढाइ गरेर भएपनि पक्राउ गर्न सजिलो बनाउने छ । यसको एउटा राम्रो उदाहरण चिदम्बरम हुन् । उनी एक असल प्रशासक र प्रतिष्ठित वकिल हुन् । तर, कहिल्यै ठूलो जननेता थिएनन् ।

यद्यपि आफ्नो घुरेलु मैदान तमिलनाडुको शिवगंगाबाट १९८५ र २००९ गरी दुई पटक लोकसभा सदस्य बने । २०१९ को चुनावमा उनका छोरा कार्ति चिदम्बरम डीएमकेको सहयोगमा त्यहाँ विजयी भए । यदि चिदम्बरम लुटियन दिल्लीको राजनीतिज्ञको सट्टामा एक ठूला जननेता भएको भए यो (जननेता हुनु) उनको लागि रक्षाकवज सरह हुनेथियो ।

त्यस्तो बेला कांग्रेस पार्टीले पनि उनको पक्राउलाई राम्रोसँग ह्याण्डल गर्थ्यो । उ लुक्दैनथ्यो र विज्ञप्ति जारी गर्दैनथ्यो र जब कांग्रेसको कार्यालयमा पत्रकार सम्मेलनका लागि उपस्थित भए, त्यसपछि उनी घर जाँदैनथे र सीबीआईको टोलीले पनि उनको घरको ढोका फोडेर भित्र पस्ने आँट गर्दैनथ्यो ।

यदि कांग्रेसको दृष्टिकोणमा यो राजनीतिक प्रतिशोध हुन्थ्यो भने सोनिया र राहुल कांग्रेस कार्यालयमा भएको चिदम्बरमको त्यो पत्रकार सम्मेलनका क्रममा उनको छेउमा हुनुपर्थ्यो । उनले त्यही आफ्नो गिरफ्तारी दिन्थे र पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले ठूलो स्तरमा विरोध प्रदर्शन गर्नुपर्थ्यो । तर पक्राउ परेको बेला टिभी क्यामेराको अगाडि जोरबागस्थित उनको घर अगाडि नारा लाग्दा केही कांग्रेस कार्यकर्ता मात्रै थिए ।

राजीव गान्धीको नजिक

१९५४ मा एक धनी व्यापार परिवारमा जन्मेका चिदम्बरमले आफ्नो करियर बनाउन कानून रोजे । राजीव गान्धीको आँखामा उनी आए र १९८४ मा इंदिरा गान्धीको हत्यापछि भएको चुनावमा चुनावी लहरसँगै जित हात पारे । राजीव गान्धीले उनलाई मन्त्री बनाए ।

चिदम्बरम उनी हुन्, जसले प्रधानमन्त्रीहरूको सुरक्षाका लागि एसपीजी कानून ल्याए । तर कानूनको अनुसार तत्कालीन प्रधानमन्त्रीले यो सुविधा पाएनन् र १९८९ को चुनावमा जब राजीव गान्धीले चिदम्बरमको राज्यमा प्रचार गए, त्यसबेला उनीसँग एसपीजी कभर थिएन । राजीव गान्धीको हत्या पछि मणिशंकर अय्यरले बारम्बार सार्वजनिक रूपमा चिदम्बरमलाई दोष दिएका छन् ।

त्यसका बाबजुद चिदम्बरमक आफ्नो प्रतिभाका कारण देवेगौडा र आईके गुजरालको मन्त्रिपरिषदमा पनि उनले मन्त्री बन्न सफल भए । त्यसपछि उनी यूपीए–१ सरकारमा वित्तमन्त्री बने । तर जब अर्थव्यवस्थाको गति सुस्त हुन थाल्यो, उनलाई हटाएर २००८ मा प्रणव मुखर्जीलाई वित्त मन्त्रालय दिइयो ।

यसको प्रभाव यूपीए २ मा देखियो । अवस्था झनै खराब भयो । २०१२ मा जब प्रणव मुखर्जीलाई राष्ट्रपति बने, चिदम्बरमलाई फेरि एकपटक वित्त मन्त्रालयमा ल्याउनु परेको थियो ।

विवादास्पद गृहमन्त्री

२६÷११ को मुम्बई हमलापछि शिवराज पाटिललाई गृहमन्त्रीबाट हटाइयो । कुशल गृहमन्त्री चाहियो । त्यसबेला भनिएको थियो कि चिदम्बरम गृह मन्त्रालय सम्हाल्न चाहँदैनन् । किनकी उनको लागि अर्थ मन्त्रालयमा ठूलो उपलब्धि हासिल गर्नु सजिलो थियो ।

गृहमन्त्रीको रूपमा उनी असफल भए । एक अहंकारीको रुपमा उनको छवि बन्यो । मानवअधिकारकर्मीहरूले उनलाई खलनायकको रुपमा हेरे । उनी गृहमन्त्री हुँदा धेरै मुसलमानलाई आतंकवादको आरोपमा पक्राउ गरियो, जो पछि निर्दोष साबित भए ।

यही समयमा अपरेसन ग्रीनहन्ट चलाइयो, जसको उद्देश्य माओवादी प्रभावित जंगलबाट विद्रोहीलाई निर्मूल पार्नु थियो । यसको धेरै आलोचना भयो । तर चिदम्बरम पूर्वोत्तर र काश्मिरमा मानवअधिकार उल्लङ्घनको घटना कम गर्न सशस्त्र बल विशेषाधिकार ऐनको समीक्षा गर्ने पक्षमा उभिएका थिए ।

उनी गृहमन्त्री हुँदा नै अमित शाहबिरूद्ध मुद्दा चलेको थियो र नरेन्द्र मोदीलाई ढाल्ने असफल भयो । तर उनीलाई दोषी ठहर गर्न सकिएन । मुद्दा लामो समयसम्म चल्यो । मोदीलाई अभियुक्त बनाउन सकेन ।

अहिले केही मानिस भनिरहेका छन् कि केही न केही भ्रष्टाचार भएकै होला । केहीले भनिरहेका छन् कि गुजरात दङ्गमा दोषी साबित गर्न नसकेको परिणाम भोगिरहेका छन् ।

ब बाँकी इतिहास छ । तर आज उनको पार्टीको जुन अवस्था छ, यसले ७३ वर्षीय चिदम्बरम आफ्नो राजनीतिक जीवनको सुखद अन्त्य देख्न नपाउन सक्छन् ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment