Comments Add Comment

तेस्रो टेष्टमा इंग्ल्यान्ड ६७ रनमै अलआउट !

Photo Credit : आईसीसी

६ भदौ, काठमाडौं । एसेज सिरिजको तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड ६७ रनमै अलआउट भएको छ ।

तेस्रो खेलको दोस्रो दिन आफ्नो पहिलो पारी सुरु गरेको घरेलु टोली इंग्ल्यान्डले खराब प्रदर्शन गर्दै २७.५ ओभरमा मात्र ६७ रन बनाउँदा सबै विकेट गुमायो । यहाँ रोचक घटना के भयो भने इंग्ल्यान्डका एक खेलाडी बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

इंग्ल्यान्डका जोइ डेन्लीले १२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् । इंल्ग्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका जोश हजलवोल्डले पाँच विकेट लिए । त्यस्तै, पट कुम्मिन्सले तीन र जेम्स पटिनसनले दुई विकेट लिए ।

अष्ट्रेलियाले आफ्नो दोस्रो पारी आजैदेखि थालेको छ ।

यसअघि आफ्नो पलिहो पारीमा अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १७९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मार्नुस लबुस्चेनले ७४ र डेभिड वार्नरले ६१ रन बनाएका थिए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले १७.२ ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर ४५ रन खर्चिदै ६ विकेट लिएका थिए ।

पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १–० ले अघि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment