Comments Add Comment

संजय र मनिषा एकसाथ

बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले एकसाथ काम गर्ने भएका छन् । ९० को सुरुवाती दशकमा निकै रुचाइएको यो जोडी दशकपछि सँगै काम गर्न लागेका हुन् । उनीहरुले चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका हुन् ।

देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो । चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन् ।

चलचित्रको लेखक फराहद संजीले चलचित्रमा केही फेरवदल हुने बताएका छन् । उनले भनेका छन्–‘तेलुगु चलचित्रमा जस्तो थियो ठिक त्यही यस चलचित्रमा हुने छैन । कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेका छौ ।’

चलचित्रको मुख्य आकर्षण भनेको नै संजय र मनिषा बनेका छन् । उनीहरुले एक दशक पहिला चलचित्र ‘मेहबूबा’मा सँगै काम गरेका थिए । त्यसपछि उनीहरुले एकसाथ काम गर्ने अवसर पाएका थिएनन् । चलचित्रलाई लिएर संजय र मनिषा दुबै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment