Comments Add Comment

किन फिल्म अस्वीकार गर्दैछन् ऋतिक रोशन ?

बलिउडमा कलाकारको सफलता उनीहरुको फिल्मले बक्स अफिसमा हासिल गरेको सफलतामा निर्भर गर्छ । त्यसैको आधारमा आफ्नो फिल्म सफल हुनेबित्तिकै कलाकारहरु धमाधम अरु धेरै फिल्म आफ्नो पक्षमा पार्नका लागि आतुर देखिन्छन् ।
तर, पटना (बिहार) का गणितज्ञ आनन्द कुमारको बायोपिक फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा पाएको सफलतापछि अभिनेता ऋतिक रोशनले धेरै फिल्म साइन गर्नुको सट्टा एकपछि अर्को प्रस्ताव अस्वीकार गरिरहेका छन् । उनको यो व्यवहारले बलिउडका निर्माता-निर्देशक र फिल्मकर्मीहरु यतिबेला ऋतिकको दिमागमा के कुरा खेलिरहेको छ भन्ने बुझ्नै सकिरहेका छैनन् ।

सूत्रहरुका अनुसार फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा सफलता पाउने बित्तिकै ऋतिक रोशनलाई अभिनेता वरुण धवनका भाइ, निर्देशक डेविड धवनका छोरा तथा फिल्म निर्देशक रोहित धवनले एउटा एड्भान्चर फिल्मका लागि प्रस्ताव राखेका थिए । तर, ऋतिक रोशनले उनलाई उक्त फिल्मको चरित्रमा आफू फिट हुन नसक्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरिदिए ।

अहिले बलिउडमा के चर्चा चलिरहेको छ भने ऋतिक रोशनले फिल्मकर्मी राजकुमार गुप्ताको स्पाई पाकिस्तानी आर्मीमा भारतीय जासूस अर्थात ‘र’ को एजेन्टको रुपमा काम गरिसकेका रवीन्द्र कौशिकको बायोपिक फिल्म ‘ब्ल्याक टाइगर’ मा अभिनय गर्न गरिएको प्रस्तावसमेत अस्वीकार गरिदिएका छन् ।

ऋतिक रोशनले ‘ब्ल्याक टाइगर’ मा अभिनय गर्न किन अस्वीकार गरे, यसबारेमा कुनै पनि स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन । तर बलिउडका गल्लीहरुमा धेरै प्रकारका अनुमान लगाउन थालिएका छन् । अंग्रेजी भाषाको एक अनलाइनका अनुसार ऋतिक रोशनले उक्त फिल्म अस्वीकार गर्नुपर्ने कारण भने सामान्य छ, उनी दोस्रो पटक कुनै बायोपिकमा काम गर्न इच्छुक छैनन् ।

यसबाहेक केही समयअघि जोन अब्राहमले गेरी ग्रेवालको त्यस्तै प्रकारको एउटा जासूसी फिल्म ‘रोमियो अकबर वाल्टर’ मा काम गरेका थिए । उक्त फिल्मलाई दर्शकहरुले मन पराएनन् । अर्थात ऋतिक रोशनले ‘ब्ल्याक टाइगर’ गर्दा धेरै जोखिम हुने सम्भावना देखे ।

अर्को स्रोतको दावी के छ भने ऋतिक यतिबेला एउटा पूर्ण व्यवसायिक फिल्ममा काम गर्न इच्छुक छन् । केही व्यक्तिहरुको दावी के छ भने ऋतिक रोशन अचेल फराह खानको फिल्म ‘सत्ता पे सत्ता’ को रिमेक फिल्मलाई लिएर कुराकानी गरिरहेका छन् । सबै कुरा मिल्यो भने अहिलेका लागि ऋतिकले यही एउटा फिल्म गर्न सक्ने छन् । तर अहिलेसम्म ऋतिक रोशनले उक्त फिल्मका लागि पनि ‘हुन्छ’ भनिसकेका छैनन् ।

अर्को एउटा स्रोतको भनाइ के छ भने ऋतिक रोशन अहिले आफ्नै घरमा एउटा नयाँ फिल्मको पटकथा पढ्नमा व्यस्त छन्, जसमा डान्स र एक्सनको बाहुल्यता छ ।

आफूलाई विश्वस्त दावी गर्ने अर्को एउटा स्रोतको दावी के छ भने ऋतिक रोशनलाई टाइगर श्राफसंग काम गरेको आफ्नो एक्शन तथा रोमाञ्चक फिल्म ‘वार’ को प्रदर्शनको प्रतीक्षा छ । उक्त फिल्म अक्टोबर २ का दिन प्रदर्शन हुँदैछ । उक्त फिल्म प्रदर्शन भएपछि मात्र ऋतिकले आगामी फिल्मका लागि योजना बनाउने उक्त स्रोतको दावी छ ।

अहिले फिल्म ‘वार’ का लागि निर्माण पक्षले निकै नै सावधानी अपनाइरहेको छ । भनिन्छ, ऋतिक रोशनकै सल्लाहमा फिल्मको टे्रलर लञ्च गर्न कार्यक्रम पनि आयोजना गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment