Comments Add Comment

जिप कम्पास ट्रायलहक सार्वजनिक

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ ।

नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जुसले गर्दा यो एसयुभी कठोर भूबनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य एक करोड २४ लाख ९० हजार तोकिएको छ ।

‘ट्रायल-रेटेड’ उपमा पाउन जिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नु पर्छ । जिपले ‘र्‍यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल-रेटेड’ ब्याज दिने गरेको छ ।

अल ह्विल ड्राइभ -एडब्लुएच)प्रविधि रहेको ट्रायलहकमा जिप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टप/स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट-इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए ।

ट्रायलहकको हुडमा ‘एन्टी-ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गदैन । यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ । अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ ।  ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ ।  फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’गर्न मद्दत गर्छ । जिपकम्पास ट्रायलहक ८४ सेन्टिमिटर सम्मगहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ ।

ट्रायलहकमा आकर्षक रातो स्टिच गरिएको कालो पि्रमियम लेदरको सिट राखिएका छन् । इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ । त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा७इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमायुरियाको मात्रा, माइलेज, रेडियो फ्रिक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ । स्टेरिङ ह्विलको दायापट्ट िअबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ ।

ट्रायलहकमा पनि अन्य जिप कम्पासमाझैं ५० भन्दा बढी सुरक्षाफिचर छन् । यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ । यसमा प्रयोग गरिएको ‘रोल ओभर मिसिगेसन’कुशल सुरक्षा फिचर हो जसले चाहिनेभन्दा बढी गाडी ढल्किएको ‘सेन्स’ गर्छ र तुरुन्त साइड एअरब्यागलाई सक्रिय बनाउँछ र भित्र रहेका सबैजनालाई ‘रोल ओभर’ अवस्थामा चोटबाट बचाउँछ । ट्रायलहकमा स्पिड वार्निङ सिस्टम पनि छ जुन यो भारतको नयाँ सवारी सुरक्षा नियमअनुसार राखिएको हो ।

त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ । जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दा माथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन् । १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी पि्रमियम फिचर हुन् । साथै, यसमा इलेक्टि्रकल्ली एड्जस्टेबल आउटसाइड रियर-भ्यु मिरर, डे-टाइम रनिङ ल्याम्पस, अल-ब्ल्याक इन्टेरियर फेबि्रकअप होल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् ।

सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्टि्रक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्टि्रब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधा पनि छन् । साथै, हिल स्टार्ट असिस्ट, ईसीएस -इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस -ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment