Comments Add Comment

महिन्द्राको एक्सयूभी-३०० नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा नयाँ कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० सार्वजनिक भएको छ ।

नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार  र डिजेल डब्लू फोर वर्गका लागि  ४१ लाख २५ हजार तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट-बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले भन्नुभयो –“एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर हो ।

आफ्नो बेजोड सुरक्षा विशेषता, प्रभावशाली सञ्चालन क्षमता र हाँक्नका लागि आरामदायक, थुप्रै वर्गमा पहिलो उच्च प्रविधियुक्त विशेषताहरू, ५ जना मानिसहरू बस्न मिल्ने पर्याप्त स्थान तथा अनुकूल र पूर्ण तयार (फिट एन्ड फिनिस) वर्गमा उत्कृष्टतासहितको एक्सयूभी ३०० सवारीसाधनमा मनोरञ्जनात्मक सवारी (फन टू ड्राइभ) गर्न मन पराउनेहरूलाई आकर्षित गर्नेछ भन्नेमा म विश्वस्त छु । एक्सयूभी ३०० कोरियाली प्रविधिसहित भारतीय नवसिर्जना र कुशलता मिश्रित साँचो विश्वस्तरीय उत्पादन हो ।”

बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने,’झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित छ र हामी आफ्ना ग्राहकहरूलाई अतिमकतम परिमाण उपलब्धन गराउनमा प्रतिबद्ध छौ । त्यसैले, हामी एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ । यो सवारीसाधन नेपालभरि रहेको हाम्रो सञ्जालमार्फत उपलब्ध हुनेछ ।”

एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८  मा उपलब्ध छ भने डब्लु ८  अफ्सनल प्याकमा पनि ।  यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो जुन जसलाई ग्राहकहरुबाट ज्यादै रुचाईएको थियो

फस्ट इन सेग्ममेन्ट सुरक्षा विशेषताहरू

१.    फस्ट इन सेग्मेन्ट ७ एयरब्यागहरू, सबै ४ वटा डिस्क ब्रेकहरू, अगाडि पार्किङ सेन्सरहरू, हिटेड ओआरभीएम्स
२.    रोल ओभर मिटिगेसन र हिल स्टार्ट असिस्टेन्टसहित इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम
३.    ३. सबै वर्गमा एबीएएस र इबीडी स्ट्यान्र्डर्ड
४.    ४. फ्रन्ट एन्ड रियर फग ल्याम्पस्
५.    ५. आइसोफिक्स चाइल्ड सिट माउन्टस
६.    ६. टायर प्रेसर र तापक्रम अनुगमन प्रणाली (टायर ट्रोनिक्स)
७.    ७. सबै सिटमा सिट बेल्ड रिमाइन्डर

टर्कमा वर्गकै उत्कृष्ट

१. पेट्रोल र डिजेल इन्जिनको विकल्पमा उपलब्ध
२. यस वर्गका सवारी साधनहरुमध्ये टर्कमा उच्च, जुन डिजेलमा ३०० एनएम रहेको छ भने पेट्रोलमा २०० एनएम
३. १.५ लि डिजेल इन्जिनमा ११५ बीएचपी टर्बो चार्जड्, जुन यस वर्गका सवारी साधनहरूमध्ये उच्च हो ।
४. १.२ लि पेट्रोल इन्जिनमा ११० बीएचपी टर्बो चार्जड्को तुलनात्मक शक्ति
५. सिक्स स्पिड ट्रान्समिसन

उच्च प्रविधिका विशेषताहरूमा वर्गकै पहिलो

१. यस वर्गका सवारी साधनहरूमा पहिलो, डुअल जोन एफएटीसी, हिटेड ओआरभीम्स; नर्मल, कम्फर्ट र स्पोर्ट मोडसहितको स्मार्ट स्टेयरिङ सिस्टम, इकोसेन्स प्रविधि, माइक्रो हाइब्रिड प्रविधि
२. एन्टी–पिन्च फङ्सनसहितको इलेक्ट्रिक सनरूफ
३. जीपीएस नेभिगेसन, एप्पल कारप्ले र एन्ड्रोइन अटो सहितको १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्ट
४. पुस बटम स्टार्ट-स्टप
५. डायनामिक असिस्टेन्टसहित पछाडि पार्किङ क्यामेरा
६. लेड टर्न इन्डिकेटर्ससहित पावर फोल्डेबल ओआरभीएम्स
७. स्टेयरिङमै जोडिएको फोन÷अडियो नियन्त्रक र क्रुज कन्ट्रोल
८. स्मार्ट वाच कनेक्टिभिटीसहित ब्लू सेन्स एपीपी
९. वर्षा र उज्यालोको स्मार्ट सेन्सर

चितुवा (चिता) प्रेरित डिजाइन

१. अगाडि आक्रमक क्रोम फ्रन्ट ग्रिल
२. स्ट्राइकिङ लेड डीआरएस्लस र स्टाइलिश लेड टेल ल्याम्पहरूसहितको प्रोजेक्टर हेडल्याम्प
३. स्पोर्टी ४३.१८ सेमी डायमन्ड कट अलोज्
४. फ्लोटिङ रुफ डिजाइन, क्लासी डुअल टोन रुप रेल्स र स्टर्डी साइल क्लाडिङ

वर्गीय परिभाषित आन्तरिक बनावट

१. यस वर्गका सवारी साधान (१,८२१ एमएम)मा फराकिलो, २,६०० एमएमको लामो व्हीलबेस । पछाडिपट्टि ३ जना यात्रुका लागि सुविधाजनक स्थान
२. प्रिमियन लेदरेट अपहोल्स्ट्रेका साथमा लेदरले मोडिएको स्टेयरिङ-गियर नब
३. ढोकाका भित्री भागका ह्यान्डनमा क्रोम
४. डुअल टोन ब्ल्याक एन बेज ड्यासबोर्ड
५. उचाइ समायोजन गर्न मिल्ने ड्राइभर सिट
६. दोस्रो पंक्तिमा ६०:४० छुट्याउन मिल्ने सिट, चौडा सतह

थप एक्सयूभी 

एक्सयूभी ३०० चितुवा (चिता)बाट प्रेरित डिजाइन र उत्कृष्ट प्रदर्शनको एक शक्तिशाली संयोजन हो । स्वायत्त रूपमा सञ्चालित संयन्त्र (फ्री प्लोइङ टर्क) र चलाउन सहज गतिशीलयुक्त यो सवारीसाधनको एक्सिलेटर प्याडलमा तपाईको खुट्टा पर्नासाथ तपाईले यो एसयूभीका चलाउनुको आनन्द उठाउनु हुनेछ । यो एसयूभीमा रहेको सुरक्षा र प्रविधिको विशेषतामा सबै वर्गमा उत्कृष्टताले यसलाई भारतीय र नेपाली सडकमा गुड्ने सबै एसयूभीहरूमध्ये सबैभन्दा रोमाञ्चक बनाइदिएको छ ।

एक्सयूभी ३०० ले आफ्नो प्लेटफर्म स्याङयोङ टिभोलीसँग साझेदारी गरेको छ, जसको उत्पादन विश्वभरि सफलतापूर्वक बिक्री हुन्छन् । सन् २०१५ मा यसको जग बसेयता ५० भन्दा अधिक मुलुकहरूमा २.६ लाख युनिट यसका उत्पादनहरू बिक्री भइसकेका छन् । टिभोलीले सुरक्षा र एरगोनोमी सम्बन्धी थुप्रै अवार्डहरू पाइसकेको छ, जसमध्ये अटोमोटिभ टेस्टमा सन् २०१५ मा केएनसीएपी (कोरिया न्यू कार एसेसमेन्ट प्रोग्राम) बाट ग्रेड वान सेफ्टी अवार्ड पनि एक हो ।

अत्याधुनिक प्रविधि

एक्सयूभी ३०० उच्च प्रविधियुक्त सुविधाहरूयुक्त आश्रय हो, जसले ड्राइभिङको अनुभवलाई पूर्ण नयाँ स्तरमा लैजान्छ । एक्सयूभी ३०० ले तपाईलाई चालक र अगाडि बस्ने यात्रुका लागि अलग–अलग अनुकूलताअनुसारको हावा र तापक्रम समायोजन गर्ने अनुमति प्रदान गर्छ । आफ्ना सुविधाअनुकूलको सेटिङका लागि थ्री मेमेरी स्लटका कारण तपाईले सवारी यात्राका लागि आवश्यकताअनुसार व्यवस्था मिलाउन समय नष्ट गर्नु पर्दैन ।

चित्ताकर्षक, चितुवा प्रेरित डिजाइन

अगाडि आक्रामक जालीको संरचना (फ्रन्ट ग्रिल), राम्रोसँग धातु काटेर चिल्याइएको बडी  (चिसल्ड बडी), प्रभावशाली अवस्थितिका साथ एक्सयूभी ३०० सदैव आक्रमण÷धावाका लागि तयारजस्तो देखिन्छ । यसका प्रोजेक्टर हेडल्याम्प र दिउँसो बल्ने असाधरण लेड ल्याम्पहरूले दिगो छाप छोड्छन भने यसका विशिष्ट प्रकारको लेड टेल ल्याम्पहरूले अमिट छाप बनाउँछन् ।

यसको स्पोर्टी मा ४३.१८ सेमीको डायमन्ड कट मिश्र धातु जोडिएको छ र तपाईंसँग स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) छ, जसले सहरी क्षेत्रका हरेक मागहरू स्टाइलका साथ पूरा गर्छ ।

सुविधायक्त र आरामदायी क्याबिन

एक्यूभी ३०० भित्र पर्याप्त स्थानले तपाईंको स्वागत गर्दछ । यस वर्गको उत्कृष्टका रूपमा १,८२१ मिमिको विशाल क्याबिन, यस वर्गमै लामो २,६०० मिमिको व्हीलबेस र चौडा सतहका कारण दोस्रो पंक्तिमा ३ जना यात्रुहरू आरामपूर्वक बस्न सक्छन् ।
जबकी, यसको आकर्षक (फाईन्ली क्राफ्टेड) डुअल टोन ड्यासबोर्ड तथा एन्टी पिच फङ्सनका साथ परिस्कृत इलेक्ट्रिक सनरुफले समृद्धपनलाई नयाँ उचाइमा लैजान्छ ।

राम्रोसँग डिजाइन गरिएको गद्धीसहितका प्रिमियम लेदर सिटहरु, लेदरले नै मोडिएको स्टेयरिङ व्हील र रेसिङका लागि तयार गियरको नबले  तपाईंको प्रतिक्षा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment