Comments Add Comment

देशब्यापी खुला फुल कन्ट्याक्ट कराते भदौ १३ देखि

११ भदौ, काठमाडौं । नेपाल क्योकुशिन–कान कराते संघले देशब्यापी खुला फूल कन्ट्याक्ट कराते प्रतियोगिता गर्ने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्डहलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटा विभागीय र अन्य टिमसहित कुल १० टिमले सहभागिता जनाउने छन् । यो प्रतियोगितामा महिला र पुरुष गरी जम्मा १४ तौल समूहमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २७६ खेलाडीले भाग लिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment