Comments Add Comment

नेपालले श्रीलंकाली क्लबलाई हरायो

१२ भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया क्लबलाई पराजित गरेको छ ।

श्रीलंकामा आज भएको अभ्यास खेलमा नेपाली युवा टिमले बादुरेलियालाई ८० रनले पराजित गरेको हो । ३१ ओभरमा १६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाली क्लबले २३.१ ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मात्रै बनाउन सक्यो ।

बादुरेलियाका ब्याट्सम्यानका ब्याट्सम्यान नेपाली बलरसामु टिक्न सकेनन् । नेपालका लागि सागर ढकालले पाँच विकेट लिए । त्यस्तै, पवन सर्राफ र कमलसिंह ऐरीले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टिमले ४०.५ ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाउँदा पानी परेपछि खेल स्थगित भएको थियो । तर पानी पुनः रोकिएपछि खेल सञ्चालन भएको थियो । नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्रै बनाएको थियो ।

ढिलोगरि सुरु भएको खेलको दोस्रो पारी डकवर्थ लेविस (डिएल) मेथोडको आधारमा ३१ ओभरमा छोट्याइएको हो । ३१ ओभरमा झारेसँगै बादुरेलियाले नयाँ लक्ष्यसहित १६५ रनको चुनौती पाएको थियो ।

नेपालका लागि रित गौत्तमले ७६ रन बनाए । त्यस्तै, हरिबहादुर चौहानले ५६ र सन्दीप जोराले २४ रन बनाए ।

श्रीलंकामा यहि भदौ १९ गतेदेखि एसीसी यू-१९ एसिया कप सुरु हुदैछ । नेपालले यहि प्रतियोगिताको लागि तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment