Comments Add Comment

ब्राइटनमाथि सिटीको सहज जित

काठमाडौं । सर्जिओ एग्युरोको दुई गोलसँगै म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्राइटनमाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा सिटीले ब्राइटनमाथि ४–० को सहज जित हात पारेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दोस्रो मिनेटमा नै केभिन डि ब्रुयेनको गोलबाट अग्रतता लिएको थियो । पहिलो हाफको अन्त्यतिर एग्युरोले अग्रता दोब्बर पाए ।

खेलको ५५ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे भने ७९ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेसँगै सिटीले ४–० को जित सुनिश्चित गर्यो ।

डिफेण्डिङ च्याम्पियन सिटीले यो सिजन सुरुवाती ४ खेलमा १४ गोल गरिसकेको छ । वेष्टहामविरुद्ध पाँच गोले गरेको उसले टोटनह्यामविरुद्ध दुई, बोर्नमाउथविरुद्ध तीन गोल गरेको थियो । यदि ३.५ को औषतमा गोल गरिराख्ने हो भने सिजनको अन्त्यसम्ममा १३३ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment