Comments Add Comment

कपिलवस्तुमा नदीमा डुबेर ३ जना वेपत्ता

१६ भदौ, बुटवल । कपिलवस्तुको सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर एक बालिकासहित ३ जना बेपत्ता भएका छन् ।

शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन् ।  बाख्रा चराउन गएका उनीहरु तीनैजना नुहाउने क्रममा सोमबार डुबेर बेपत्ता भएकाको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखेका जिल्ला प्रहरी प्रमुख दीपशम्शेर राणाले बताए । नदी गहिरो, धमिलो र हिलाम्य भएकाले मध्यान्ह १२ बजेदेखि खोजी गर्दा पनि भेट्टाउन नसकिएको राणाले बताए । ५ जना भएर नुहाउन गएकामध्ये तीनजना वेपत्ता भएका स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment